Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

दुई लाखभन्दा बढी बेटिङ वेबसाइट र एप बन्द

Main News Image
Kakani Khabar add

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द गरेको जनाएको छ।


सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसँग सम्बन्धित वेबसाइट तथा एप २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो। सोही निर्णयअनुसार नेपालमा सञ्चालित बेटिङ वेबसाइटहरू बन्द गर्ने अभियानलाई तीव्रता दिइएको प्राधिकरणले जनाएको छ।


प्राधिकरणका अनुसार बन्द गरिएका वेबसाइटको स्थानमा नयाँ नाम र नयाँ डोमेनमार्फत पुनः सञ्चालन हुने क्रम जारी रहेकाले निरन्तर अनुगमन र कारबाही भइरहेको छ। यो वर्ष फिफा विश्वकप सुरु भएयता मात्र दुई लाख २३ हजार ५६८ वटा बेटिङ तथा अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइट र एपमा पहुँच अवरुद्ध गरिएको छ।


विश्वकपका बेला अनलाइन बेटिङको प्रयोग बढ्न सक्ने आकलनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत यस विषयमा विशेष चासो देखाएको थियो। त्यसपछि प्राधिकरणले कारबाहीलाई थप प्रभावकारी बनाउन छुट्टै टास्क फोर्स गठन गरेको जनाएको छ।


टास्क फोर्समा रहेका दूरसञ्चारका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप सुरु भएदेखि इन्टरनेट सेवा प्रदायक (आईएसपी)का प्रतिनिधिलाई प्राधिकरणमै परिचालन गरी शंकास्पद वेबसाइटहरू तत्काल ब्लक गर्ने व्यवस्था गरिएको छ।


उहाँका अनुसार अधिकारप्राप्त निकायहरूले पहिचान गरेका बेटिङ साइट तथा अवैधानिक वित्तीय कारोबारमा प्रयोग हुने वेबसाइटहरूको यूआरएल आईएसपीसँगको सहकार्यमा ब्लक गरिन्छ। ठूलो संख्यामा वेबसाइट सञ्चालन हुने भएकाले एक–एक गरेर खोज्न सम्भव नहुने हुँदा प्रविधिको सहायताबाट निगरानी गरिने उहाँले बताउनुभयो।


महतोका अनुसार एउटा वेबसाइट बन्द गरिए पनि नयाँ डोमेनमा अर्को वेबसाइट खुल्ने चुनौती कायम छ। त्यसैले ‘थ्रेट इन्टेलिजेन्स टुल’को प्रयोग गरी निरन्तर निगरानी, खोज तथा ब्लक गर्ने कार्य भइरहेको छ। यसका लागि आवश्यक जनशक्ति पनि परिचालन गरिएको प्राधिकरणले जनाएको छ।


प्राधिकरणले अवैधानिक बेटिङ वा वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइट github.com/NTA-OPM वा एपबारे जानकारी भए सम्बन्धित डिजिटल प्लेटफर्ममार्फत सूचना उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Kakani Khabar add

सम्बन्धित खबर

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

काठमाडौँ । मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ्दै जाने पूर्वानुमान गरेका छन् ।


जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले सोमबार र मङ्गलवारको तुलनामा बुधवार वर्षामा केही कमी आए पनि बिह...

प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार : के–के गर्न पाइँदैन ?

काठमाडौँ । प्रतिनिधिसभा नियमावलीको मस्यौदा समितिले आफ्नो प्रतिवेदन सभामुख डीपी अर्याललाई बुझाएको छ । प्रतिनिधिसभाको बैठकले गएको चैत २३ गते गठन गरेको रास्वपाका सांसद गणेश पराजुली नेतृत्वको मस्यौदा समितिले आज नियमावलीको मस्यौदा बुझाएको हो ।

पिमलडाँडा माविका शिक्षक-विद्यार्थीलाई दुई दिने सेल्फ डिफेन्स तालिम

नुवाकोेट । तारकेश्वर गाउँपालिकाको प्रवर्धनमा नेपाल स्पोर्ट्स सेन्टर (नेकोस) ले वडा नम्बर ३ को पिमलडाँडा माविमा सञ्चालन गरेको दुई दिने सेल्फ डिफेन्स तालिम आज सम्पन्न भयो ।

तालिमको समापन सत्रलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारी अवि...

तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ ।


राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत ती निकायको संयुक्त प्रयास...

आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ । आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो वर्षा र हावाहुरीको सम्भावना रहेकाले सचेत रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा ठ...

कांग्रेस संसदीय दल नेता चयन प्रक्रिया वैशाख २ गते शुरू हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल नेता चयनको प्रक्रिया वैशाख २ गते शुरू हुने भएको छ ।


दलको नेता चयनका लागि गठित निर्वाचन समिति संयोजक एवम् कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीकाअनुसार वैशाख २ गते प्रक्रिया शुरू गरेर ४...