Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

देशभर ९८ प्रतिशत धान रोपाइँ सकियो

Main News Image
Kakani Khabar add

काठमाडौँ । देशभर ९८ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागले देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको हो । यो गएको वर्षको तुलनामा १.९२ प्रतिशतले धेरै हो ।


विभागको तथ्याङ्कअनुसार देशभर १३ लाख ४१ हजार ७६४ हेक्टर जमिनमा रोपाइँ भएको छ । तर समग्रमा खेतीयोग्य जमिन १३ लाख ७० हजार हेक्टर छ ।


प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ । त्यस्तै अहिलेसम्म कर्णालीमा ९८.५ प्रतिशत, लुम्बिनीमा ९७.८७ प्रतिशत, गण्डकीमा ९६.६८ प्रतिशत, बागमतीमा ९७.८२ प्रतिशत, मधेसमा ९८.१० प्रतिशत, कोशीमा ९७ प्रतिशत रोपाइँ सकिएको हो ।


कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार विशेषगरी मधेस प्रदेशलगायतका क्षेत्रमा बेलैमा पर्याप्त पानी नपरेकाले यस वर्ष केही ढिला गरी रोपाइँ भयो ।


आकासे पानीकै भरमा रोपाइँ पर्नुपर्ने बाध्यता छ । अघिल्लो वर्ष भन्दा यस वर्ष ढिला भए पनि राम्रै पानी परेकाले धान रोपाइँको अवस्था सन्तोषजनक भएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

तारकेश्वर गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न, नीति तथा कार्यक्रम सर्वसम्मत पारित

नुवाकोट । तारकेश्वर गाउँपालिकाको १३औँ गाउँसभा दाङसिङ रयलछापस्थित गाउँ कार्यपालिकाको नवनिर्मित प्रशासकीय भवनमा भव्य रूपमा सम्पन्न भएको छ।

गाउँसभामा गाउँपालिका अध्यक्ष शिव अधिकारी 'अविरल'ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गर्नुभएको...

बागमती प्रदेशमा ५७ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न

काठमाडौँ । बागमती प्रदेशमा असार अन्तिम सातासम्ममा ५७ प्रतिशत भन्दाबढी धान रोपाइँ सम्पन्न भएको छ । 


बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अन्तिम साता (२६ गते) सम्ममा कुल क्षेत्रफलको ५७.२३ प्रतिशत धान रोपाइ...

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलिदेखि पुनः शुरू हुँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलिदेखि पुनः सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो ।


राष्ट्रिय परिचय...

संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलायो

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको छ । सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि चैत १९ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गरेपछि त्यसको तयारीका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व...

तारकेश्वरमा दुई खानेपानी आयोजना उद्घाटन, २१५ परिवार प्रत्यक्ष लाभान्वित

नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नं ५ मा दुईवटा खानेपानी आयोजना एकैसाथ सम्पन्न भएसगैँ सञ्चालनमा ल्याइएको छ । 

गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले वडा न. ५ स्थित सिरानटोल र गोर्स्याङमा निर्माण सम्पन्न भएको दुई खानेपानी योजनाको सोम...

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा मुद्दा अभियोजन गरेको छ ।


विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १२१ जनालाई प्रतिवादी बनाएको छ । प्रतिवादीलाई करिब रु एक खर्ब १८ अर्ब पाँच करोडबराबरको बिग...