Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

देवीघाटमा अस्थायी पुल निर्माण अन्तिम चरणमा

Main News Image
Kakani Khabar add

काठमाडौँ । नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र पारिएको छ। 


गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले यहाँको पक्की पुल बगाएपछि ठप्प बनेको यातायात सेवालाई पुनः सञ्चालनमा ल्याउन नयाँ पुल जडान सुरु गरिएको हो। 


साविककै पक्की पुलको दुवै छेउका टेका प्रयोग गरी नयाँ फलामे पुल निर्माण भइरहेको छ। तीन दिनअघिदेखि सुरु भएको पुल जडानको काम भोलिसम्ममा पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 


यस पुल निर्माणका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा भौतिक सामग्री नेपाली सेनाले नै जुटाएको हो। पुलको निर्माण तथा जडान कार्य पनि नेपाली सेनाकै दक्ष प्राविधिक टोलीले गरिरहेको छ। 


स्थानीय यातायात र जनजीवनलाई यथाशीघ्र सहज बनाउने उद्देश्यका साथ सेनाले निरन्तर काम गरिरहेको छ। भोलि जडान कार्य सकिए लगत्तै प्राविधिक परीक्षण गरी उक्त मार्गमा सवारी साधन सञ्चालनका लागि बाटो खुला गरिनेछ।

Kakani Khabar add

सम्बन्धित खबर

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

काठमाडौँ ।  पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ । उहाँलाई आज बिहान भक्तपुरको कटुञ्जेमा रहेको उहाँकै निवासबाट पक्राउ गरिएको थियो ।


नेता लेखकलाई २ नं ग...

ट्राफिक सप्ताह २०८३ अन्तर्गत नुवाकोटमा १५ चालकको लागू पदार्थ परीक्षण, २ जना पोजिटिभ भेटिए ।


नुवाकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले मनाइरहेको ‘ट्राफिक सप्ताह २०८३’ को पाँचौँ दिन लागू पदार्थ सेवन (लाप.से.) नियन्त्रण तथा सवारी दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै विशेष स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

अध्यक्ष ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले पूर्व प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । 


आज पार्टी कार्यालय च्यासल ललितपुरमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलील...

२३ जिल्लामा बाढीको जोखिम

काठमाडौँ । आज देशका विभिन्न २३ जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान  महाशाखाका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डौ, भक्तपुर, ललितपुर, लमजुङ, कास्की, तनहुँ, बाग्लुङ, म्याग्दी, पर्वत, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, ब...

पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ मागेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट पक्राउ गर्नुको कारणसहित लिखित जवाफ मा...

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ ।


बाढीका कारण स्वास्थ्य बीमा परिचयपत्र हराएको वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएक...