Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

उपाधिका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै

Main News Image
Kakani Khabar add

काठमाडौँ । एशियाली खेलकुद छनोट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । खेल सिंगापुरको नेश्नल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजे शुरु हुनेछ । 


नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै फाइनलमा पुगेको हो । यता दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । नेपाल र हङकङबीच अहिलेसम्म १४ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएका छन् । जसमध्ये नेपालले ७ खेल जितेको छ भने हङकङ ५ खेलमा विजयी भएको छ । दुई खेल नतिजाविहीन सकिएको छ । 


यसअघि आजै तेस्रो स्थानका लागि मलेसिया र ओमानबीच बिहान ७ बजेर १५ मिनेटमा प्रतिस्पर्धा हुँदैछ । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि जित्ने लक्ष्यसहित आज मैदान उत्रनेछ । नेपालसँगै मलेसिया, हङकङ र ओमान एशियाली खेलकुदको लागि छनोट भइसकेका छन् ।

Kakani Khabar add

सम्बन्धित खबर

नेपाली क्रिकेट टोली एशियाली खेलकुदमा छनोट

काठमाडौँ । नेपाली पुरुष क्रिकेट टोली जापानको नागोयामा हुने एशियाली खेलकुदमा छनोट भएको छ । सिङ्गापुरमा आज भएको समूह ‘ए’ को खेलमा मलेशियाले चीनलाई हराएपछि मलेशियासँगै नेपाल पनि छनोट भएको हो ।


चीनले दिएको ८५ रनको लक्ष्य मलेशियाले ७ ओ...

चुनाव स्थगित गर्न एन्फालाई राखेपको निर्देशन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई चुनाव स्थगित गर्न निर्देशन दिएको छ ।


राखेपका सङ्घ–संस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राईले एन्फालाई पत्र लेख्दै चैत १३ गते आउँदो शुक्रवार झापामा हु...

नर्वेलाई हराउँदै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौँ । नर्वेसँगको खेलमा  पुनरागमन जीत निकाल्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 


आज बिहान अमेरिकाको मियामी रङ्गशालामा भएको खेलमा इंग्ल्यान्डले नर्वेलाई २–१ गोलले हरायो । इंग्ल्यान्डको जीतम...

नेपाल एसीसी १९ वर्षमुनिको महिला प्रिमियर कपको समूह विजेता

काठमाडौँ । एसीसी १९ वर्षमुनिको महिला प्रिमियर कपमा नेपाल लगातार तेस्रो जीतसहित क्वाटरफाइनलमा पुगेको छ । 


आजको खेलमा हङकङलाई १८१ रनको फराकिलो अन्तरले हराउँदै समूह ‘डी’ को समूह विजेता बनेर नेपाल क्वाटरफाइनल प्रवेश गरेको हो । टस...

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनल समीकरण पूरा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रि–क्वाटरफाइनल समीकरण पूरा भएको छ । नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई एक गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेसँगै अन्तिम–१६ को समीकरण पूरा भएको हो ।


चार पटकको पूर्वविजेता जर्मनीसह...

बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खेलमा बेल्जियम २–१ गोलले पराजित भयो ।


स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक/एक...