Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

उद्योगमन्त्री यादवको राजीनामा

Main News Image
Kakani Khabar add

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनमा दिनुभएको छ । उहाँले आज प्रधानमन्त्री वालेन्द्र शाह शाहसमक्ष राजीनामा दिनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।


ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ्न थालेको थियो । उहाँले हिजो प्रतिनिधिसभाअन्तर्गतकाे उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई ‘पाता फर्काउनुपर्ने’ विवादस्पद अभिव्यक्ति दिनुभएको थियो ।


पछिल्ला दिनमा काठमाण्डाैका लागि ठूलो परिमाणमा ग्यास पठाइएको भनिए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा नपुगेको भन्दै यादवले उद्योगीप्रति आक्रोश पोख्नुभएको हो । उहाँले कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको गुनासोसमेत गर्नुभएको थियो ।


प्रतिनिधिसभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट महोत्तरी–४ मा निर्वाचित यादव गएको चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको हो ।

Kakani Khabar add

सम्बन्धित खबर

यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने

१९ फागुन, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीलाई फेब्रुअरी २८ पछि ‘ओभरस्टे’ भए पनि जरिबाना नलाग्ने भएको छ । यूएईस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै भिसाको म्याद सकिएर यूएईमै बस्नु परेका (ओभरस्टे) नेपालीहरूलाई जरिबाना...

आज र भोलि मुसलधारे वर्षाको सम्भावना

काठमाडौँ । आज देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ । अरू ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


बाढी पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहेको र...

तीनपिप्ले–गल्छी सडकको स्तरोन्नतिको माग गर्दै काठमाडौमा धर्ना

काठमाडौं । ककनी गाउँपालिका तथा बेलकोटगढी नगरपालिकाका स्थानीय नागरिकहरूले वर्षौँदेखि अलपत्र अवस्थामा रहेको तीनपिप्ले–गल्छी सडकको स्तरोन्नति तथा कालोपत्रे निर्माण कार्य शीघ्र अघि बढाउन माग गर्दै माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गर...

बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित भएका दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । 


प्रदेश प्रमुख देवकोटाले ‘प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यव...

एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ । 


उहाँलाई त्रिवि शिक्षण अस्पतालको ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । ओली मिर्गौलाको बिरामी हुनुहुन्छ । आवश्यक...

बाढी प्रभावित क्षेत्रमा निःशुल्क टेलिकम सेवा निरन्तर रहने

काठमाडौँ । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ ।


यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कल,...