Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

वर्षायाममा बिजुली खपत बढाउन सहुलियत दिने सरकारको तयारी

Main News Image
Kakani Khabar add

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै खपत गराउन विशेष सहुलियतको तयारी भइरहेको बताउनुभएको छ ।


विराटनगरमा मोरङका उद्योगी तथा व्यवसायीसँगको छलफलमा मन्त्री श्रेष्ठले धेरै विद्युत् खपत गर्ने ग्राहक र उद्योगलाई मौसमी विद्युत् महसुल लागू गर्दै सहुलियत दिने जानकारी दिनुभयो । यसबाट उद्योगको उत्पादन लागत घट्ने र खेर गइरहेको विद्युत‍्काे सदुपयोग हुने सरकारको विश्वास छ ।


विद्युत् आपूर्तिलाई थप भरपर्दो बनाउन सुनसरी–मोरङ औद्योगिक करिडोरमा ९ वटा नयाँ सबस्टेशन थप्ने काम भइरहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।


उद्योगी–व्यवसायीहरूले भने नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन तत्काल विद्युत् आपूर्ति प्रणालीमा सुधार गर्नुपर्ने माग गरेका छन् । उनीहरूले नियमित तथा गुणस्तरीय विद्युत् आपूर्तिको सुनिश्चिततासहित उत्पादनमूलक उद्योगको डिमान्ड शुल्क खारेज गर्न र विद्युत‍्मा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।


साथै १ अर्ब रुपैयाँभन्दा धेरै पूँजी भएका उद्योगलाई आफ्नै प्रयोजनका लागि विद्युत् उत्पादन गर्न अनुमति दिनुपर्ने उनीहरूको माग छ ।


आन्तरिक विद्युत् खपतका लागि आवश्यक पूर्वाधार र अनुमति सुनिश्चित भए आफूहरू ५ देखि ५० मेगावाटसम्म थप विद्युत् खपत गर्ने गरी लगानी गर्न तयार रहेको उद्योगीहरूले बताएका छन् ।

Kakani Khabar add

सम्बन्धित खबर

सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका ७ सय ७९ वटा विद्युतीय गाडीको सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभा...

मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिने

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले यही भदौ ७ गते विश्वासको मत लिनुहुने भएको छ । उहाँले भदौ ७ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।


मुख्यमन्त्री थापामगरले...

आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ । आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो वर्षा र हावाहुरीको सम्भावना रहेकाले सचेत रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा ठ...

पशुपतिमा साउने सोमबारको तयारी:सफाइ अभियान सुरु

काठमाडौँ । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।


साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौ...

माध्यमिक शिक्षा परीक्षा एसईई भोलिदेखि : सम्पूर्ण तयारी पूरा

काठमाडौँ । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरु हुँदैछ ।  परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ । 


कार्यालयका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्या...

राष्ट्रपतिद्वारा ३ वटा विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले सङ्घीय संसदबाट पारित भएका आउँदाे आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले नेपालको संव...