आइतबार, जेष्ठ ६ २०८१

नुवाकोट बेलकोटगढीका किसानलाई अनुदानमा किबीको बिरुवा वितरण


  • ककनी खबर
  • आइतबार, माघ २८ २०७४

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाका किसानलाई अनुदानमा किबीको बिरुवा वितरण गर्न थालिएको छ । किबी खेति तर्फ आकर्षित गराउन नगरपालिकाले कृषि क्षेत्रको बजेटबाट किसानलाई ७५ प्रतिशत अनुदानमा किबीको बिरुवा वितरण गरिएको हो ।

चिनी रोग र उच्च रक्तचापका बिरामीलाई उपयोगी हुने यो फल रु ३५० प्रतिकिलो ग्रामका दरले बिक्री हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ बागवानी विकास अधिकृत छविलाल शर्माले जानकारी दिनुभयो । नगरपालिकाले नगर क्षेत्रमा दुई हजार २०० किबीको विरुवा यस वर्ष वितरण गर्ने योजना अघि सारेको छ । यस्तै स्थानीय कृषि उत्पादनको बजारीकरण गर्ने उद्देश्यले जिल्लाको शिवपुरी गाउँपालिका–८ थानापतिमा सञ्चालन भएको कृषि उपज प्रदर्शनी सम्पन्न भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार