आइतबार, जेष्ठ ६ २०८१

वैशाख १७ देखि तारकेश्वर महोत्सव


  • ककनी खबर
  • मंगलबार, बैशाख ११ २०७५

तारकेश्वर । नुवाकोटको तारकेश्वर गाउँपालिका–१ फँलाटेमा ‘प्रथम तारकेश्वर महोत्सव ’ आयोजना हुने भएको छ । ‘एक घर एक व्यापार, तारकेश्वर सम्बृद्धिको आधार’भन्ने मुल नारा सहित महोत्सव आयोजना हुन लागेको छ ।

तारकेश्वर गाउँपालिकाको सहयोगमा नुवाकोट पर्यटकीय पूर्वाधार विकास संस्था र छारम्हेन्दो युवा सेवा समाजको आयोजनामा तारकेश्वर गाँउपालिकाको वडा नं १ फलाटेमा बैशाख १७ गते देखि महोत्सव हुन लागेको हो ।

आइतबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय उत्पादनको बजार विस्तार, कला संस्कृतिको प्रचार गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको नुवाकोट पर्यटकीय पूर्वाधार विकास संस्थाका अध्यक्ष सोमबहादुर तामाङले जानकारी दिए ।

यसका अवला महोत्सवले स्थानीय गुफा, झर्ना, देबी, देवालय लगायतका पुरातात्वि सम्पदाहरुको प्रचारसँगै संरक्षण र संवद्र्धनका लागि समेत सरोकारवाला निकायहरुलाई झकझकाउन मदत पुग्ने महोत्सवकासंयोजक पुष्प वाइबाले जानकारी दिए ।

तीन दिन सम्म चल्ने महोत्सवमा स्थानीय जनप्रतिनिधि तथा समाजसेवी, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा योग्दान दिने व्यक्तिहरुलाई सम्मान गर्ने समेत कार्यक्रम रहेको अध्यक्ष तामाङले बताए ।

महोत्सवको प्रमुख आकर्षणको रुपमा तामाङ सस्ंकृति, स्थानीय उत्पादनको साथमा रोपलाइन पनि हुनेछ । महोत्सवमा गएर साहसी पर्यटनमा पर्ने रोपलाइनको मजा लिन पनि पाइने कार्यक्रम संयोजक वाइवाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार