आइतबार, जेष्ठ ६ २०८१

पुनः पर्यटकको गन्तव्य बन्दै लाङटाङ


  • ककनी खबर
  • आइतबार, बैशाख २३ २०७५

२०७२ साल बैशाख १२ गतेको महाभूकम्पले ध्वस्त बनाएको लाङटाङमा पुनः पर्यटकहरु भित्रिन थालेका छन्|

महाभूकम्प अघि स्वदेशी र बिदेशी पर्यटकको लागि ट्रेकिङको उत्कृष्ट गन्तव्यहरु मध्येको एक लाङटाङमा विश्वका विभिन्न देशहरुबाट पर्यटकहरु आउने गर्दथे तर महाभूकम्पले तहसनहस बनाउदै १०० औ को संख्यामा नेपाली र बिदेशी नागरिक समेत हताहत हुदाँ त्यसपछि लाङटाङ एकाएक सुन्यतामा परिणत हुनगयो|

भूकम्प पछिको पहिरोले गर्दा हिड्ने बाटो र बस्ने बास समेत ध्वस्त हुन पुगेको थियो|तर बिस्तारै लाङटाङ बासिहरु एकजुट हदै मनबाट भूकम्पको त्रास हटाउदै पुनर्निर्माण तर्फ जुट्दा बस्ति हरु बाक्लिदै गएको छ र अहिले दिनहुँ १०० औ को संख्यामा स्वदेशी तथा बिदेसी पर्यटकहरु लाङटाङ भित्रिन थालेका छन्|

प्रतिक्रिया
सम्बन्धित समाचार