आइतबार, जेष्ठ ६ २०८१

पञ्चकन्या गाउँपालिका खुला दिसामुक्त गाउँपालिका घोषित


  • ककनी खबर
  • आइतबार, जेष्ठ ६ २०७५

जेठ ६ नुवाकोट
पूर्व युवा तथा खेलकुद मन्त्री एवं प्रतिनिधि सभा सदस्य माननिय हितबहादुर तामाङ्गले आज एक भब्य समारोहका बिच पञ्चकन्यालाई खुला दिसामुक्त तथा पूर्ण खोप सुनिस्चितता गाउँपालिका घोषणा गर्नुभएको छ।

गाउँपालिका प्रमुख श्री तेजबहादुर तामाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य माननिय बद्री मैनाली र जिसस प्रमुख श्री शन्तमान तामाङ्ग, जिसस उपप्रमुख श्री अप्सरा थापा, दुप्चेस्वर गाउँपालिका अध्यक्ष श्री योबिन्द्रसिंह तामाङ्ग, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख श्री मोहनलाल जैसी, जिल्ला जनस्वास्थ अधिकृत श्री सच्युत उप्रेती लगायत बिभिन्न कार्यालय प्रमुख तथा प्रतिनिधि, गैससका प्रमुख तथा प्रतिनिधि, जननिर्वाचित प्रतिनिधिहरु, शिक्षक, बिद्यार्थी, महिला स्वास्थ्य स्वयम्सेविका, पत्रकारहरुको उपस्तिथि रहेको थियो भने उक्त कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत श्री नरेश पुडासैनीले सञ्चालन गर्नुभएको थियो ।

नुवाकोट जिल्लाका १२ स्थानिय तह मध्ये बेलकोटगढी नगरपालिका ,सुर्यगढी गाउँपालिका र ककनी गाउँपालिकाका मात्र अव खुला दिसामुक्त घोषणा हुन बांकी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार