आइतबार, जेष्ठ ६ २०८१

रहेनन् वरिष्ठ न्युरोसर्जन उपेन्द्र देवकोटा


  • ककनी खबर
  • सोमबार, असार ४ २०७५

५ असार, ककनी खबर। लामो समयदेखी पित्तथैलिको क्यान्सरबाट पिडित वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ ।बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) मा ५ बजेर ३५ मिनेटमा निधन उहाँको निधन भएको हो ।

बेलायतमा पित्तथैलिको क्यान्सरको उपचार गराएका डा. देवकोटाले स्वदेशमा नै देहत्याग गर्ने इच्छा देखाएपछी उनलाई स्वदेश ल्याईएको थियो। गत हप्ता डा. देवकोटाकै चाहना अनुसार उनलाई गृह जिल्ला गोरखा लगिएको थियो । स्वदेश फर्किएदेखि उनी आफैले स्थापना गरेको न्युरो अस्पतालमा उपचाररत थिए ।

अस्पतालले सोमबार साँझ विज्ञप्ति जारी गरी देवकोटाको निधन भएको जानकारी दिएको हो ।देवकोटाको भोलि पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।

देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार