आइतबार, जेष्ठ ६ २०८१

बिश्वकप २०१८ मा बेल्जियमलाई तेस्रो स्थान


  • ककनी खबर
  • आइतबार, असार ३१ २०७५

असार ३१,ककनी खबर
ईङ्ल्याण्डलाई २-० गोलअन्तरले पराजित गर्दै बेल्जियमले बिश्वकप ईतिहासकै सबैभन्दा सुधारिएको प्रदर्शन गर्दै बिश्वकप २०१८ को तेस्रो स्थान हासिल गरेको छ।आज सम्पन्न तेस्रो स्थानको खेलमा बेल्जियमको लागि थोमस म्युनियर र ईडेन हाजार्डले १-१ गोल गरे।

निकैनै प्रतिस्पर्धात्मक खेलमा खेलको अधिकास समय बल ईङ्ल्यान्डको पक्षमा भएतापनी गोल गर्न भने सफल हुन सकेन।बेल्जियमले खेलको चौथो मिनेटमा नै गोल गर्न सफल भयो।बिश्वकप ईतिहासमा कुनै एउटै टिमको फरक दश खेलाडीले गोल गर्ने रेकर्डको बराबरी गर्दै बेल्जियम तथा पेरिस सेन्ट जर्मनका डिफेन्डरले म्युनियरले सुन्दर गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए।यस्तो रेकर्ड यो भन्दा पहिले सन् १९८२ मा फ्रान्सले र २००६ मा इटालीले राखेको थियो।

खेलको ८२ औं मिनेटमा बेल्जियम स्टार ईडेन हाजार्डले गोल गर्दै बेल्जियमको जित सुनिश्चित गरिदिए।यस बिश्वकपको उत्कृष्ट खेलाडी मध्ये का एक हाजार्डले यस बिश्वकपमा ३ गोल र ४ गोलको लागि अन्तिम पास उपलब्ध गराएका छन् जुन सन १९६६ पछि कुनैपनी बेल्जियम खेलाडीको उत्कृष्ट प्रदर्शन हो।बेल्जियमको लागि प्रतियोगितामा चार गोल गरेका लुकाकुले गोलका अवसरहरु गुमाएका थिए।त्यस्तै ईङ्ल्याण्डका खेलाडी ह्यारी केन,डायर,ट्रीपर जस्ता खेलाडीले गोलका अवसरहरु गुमाए।

समूह चरणमा एउटै समुहमा रहेका यी दुई टिमबिच भएको समूह चरणको खेलमा पनि बेल्जियम १-० ले बिजयी भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार