आइतबार, जेष्ठ ६ २०८१

बिश्वकप २०१८ को उपाधीको लागि फ्रान्स र क्रोएसिया भिड्दै


  • ककनी खबर
  • आइतबार, असार ३१ २०७५

असार ३१,ककनी खबर।
फुटबलको महाकुम्भ फिफा बिश्वकप २०१८ को उपाधिको लागि फ्रान्स र क्रोएसिया आज एक आपसमा भिड्दै छन्।रसियाको मस्कोस्थित लुजनिकि रंगशालामा नेपाली समय अनुसार रातीको ८:४५ बजे यी दुई आमनेसामने हुदैछ्न।

फ्रान्स १२ बर्षअघि सन् २००६ मा इटालीको हातबाट ब्योहोरेको हारलाई बिर्साउन पनि उपाधी जित्न चाहन्छ भने क्रोएसिया पहिलोचोटि पुगेको फाईनलमा उपाधीको साथ बिश्वकपलाई बिदाई गर्न चाहन्छ।

फ्रान्स र क्रोएसिया दुबै यस बिश्वकपमा अपराजित छन्।फ्रान्सले समूह चरण दुई जित र एक बराबरी खेलेको थियो भने क्रोएसियाले सबै खेल जितेको थियो।फ्रान्सले नकआउट चरणमा प्री-क्वाटरफाईनलमा अर्जेन्टिनालाई ४-३ हराएको थियो भने क्वाटरफाईनलमा उरुग्वेलाई २-० ले र सेमिफाइनलमा बेल्जियमलाई १-० ले हराएको थियो।त्यस्तै क्रोएसियाले प्री-क्वाटरफाईनलमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३-२ ले,क्वाटरफाईनलमा रुसलाई पेनाल्टी सुटआउटमा नै ४-३ ले र सेमिफाइनलमा ईङ्ल्यान्डलाई अतिरिक्त समयमा २-१ ले हराउदै फाइनलको यात्रा तय गरेको थियो।

क्रोएसिया र फ्रान्स हालसम्म ५ पटक एकआपसमा खेलेका छन्।जसमा फ्रान्सले ३ खेल जितेको छ भने बाकी २ खेल बराबरीमा सकिएको थियो।ठुला प्रतियोगिताको कुरा गर्ने हो भने फ्रान्स र क्रोएसिया २ पटक आमनेसामने भएका छन् जसमा फ्रान्सले १ खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको छ।बिश्वकप ११९८ मा फ्रान्सले क्रोएसियालाई २-१ हराएको थियो भने २००४ को युरोकपको समूह चरणमा २-२ को बराबरीमा सकिएको थियो।

समग्रमा भन्दा फ्रान्स र क्रोएसिया दुबै बिश्वकप गुमाउन चाहदैनन्।तुलनात्मक रुपमा फ्रान्सको टिम बलियो देखिएतापनी क्रोएसियाको खेलले पनि धेरैको मन जितेको छ।पहिलो चोटि बिश्वकपको फाईनलमा पुगेको क्रोएसिया र पछिल्लो २० बर्षमा तेसो पटक फाइनलमा पुगेको फ्रान्स दुबै बिश्वकपको दावेदार हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार