आइतबार, जेष्ठ ६ २०८१

२० बर्षपछी फ्रान्सलाई बिश्वकपको उपाधी, लुका मोर्डिच उत्कृष्ट खेलाडी


  • ककनी खबर
  • सोमबार, असार ३२ २०७५

असार ३२, ककनी खबर।
क्रोएसियालाई हराउदै फ्रान्सले दोस्रोपटक बिश्वकपको उपाधी जितेको छ।आईतबार राति सम्पन्न २१ औं सस्करणको फाइनलमा क्रोएसियालाई ४-२ गोलले हराउँदै फ्रान्सले २० वर्षपछि पुनः विश्वकप उपाधि रक्षा गरेको हो।

फ्रान्सका लागि एन्टोइन ग्रिजम्यान, पल पोग्बा र केइलिन एमबाप्पेले एक एक गोल गरे भने क्रोएसियाका मारियो मान्जुकिच र इभान पेरिसिचले गोल गरे।

पहिलो हाफमा २-१ ले अगाडि रहेको फ्रान्सका लागि सुरुका दुई गोलमध्ये एक गोल आत्मघाती र अर्को गोल पेनाल्टीमा भएको थियो।

मान्जुकिचबाट आत्मघाती गोल पनि भएको थियो। पेरिसिचकै कारण फ्रान्सले पेनाल्टी पाएको थियो। पहिलो हाफमा २-१ गोलले अगाडि रहेको फ्रान्सले मध्यान्तरपछि दुई गोल थपेको थियो भने क्रोएसियाले १ गोल गरेको थियो।

फाइनलमा फ्रान्ससँग पराजित हुदै उपविजेता बनेको क्रोएसिया कप्तान लुका मोडरिच प्रतियोगिताकै उत्कृष्ट खेलाडी हुँदै विश्वकप २०१८ को गोल्डेन बल अवार्ड जितेका छन्।

क्रोएसियालाई पहिलो पटक फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका उनले उत्कृष्ट खेलाडी हुँदै गोल्डेल बल जितेका हुन्। उनले प्रतियोगितामा २ गोल गरेका थिए भने एउटा गोलका लागि पास दिएका थिए।

यस्तै बेल्जियमका एडेन हजार्डले शिल्भर बल पाए भने फ्रान्सका एन्टोनी ग्रीजम्यानले ब्रोन्ज बल जिते भने फ्रान्सका युवा स्टार किलिएन एम्बाप्पेले उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते।विश्वकपको फाइनलमा गोल गर्ने पेलेपछिका पहिलो टिनएजर खेलाडी एम्बाप्पेले यस विश्वकपमा कूल ४ गोल गरेका थिए।

यस्तै  प्रतियोगितामा सर्वाधिक ६ गोल गरेका इंग्ल्याण्डका कप्तान ह्यारी केनले गोल्डेन बुट जिते भने ४ गोल गर्नुका साथै २ एसिस्ट गरेका ग्रीजम्यानले शिल्भर बुट तथा ४ गोल र एक असिस्ट गरेका बेल्जियमका रोमेलु लुकाकुले ब्रोन्ज बल जिते।

बेल्जियमका गोलकिपर थिबाउट कोर्तवाले उत्कृष्ट गोलकिपर हुँदै गोल्डेन ग्लोभ्स जिते।

यस्तै समूह चरणबाटै बाहिरिएको पूर्वच्याम्पियन स्पेनले फेयर प्लेको अवार्ड जित्यो।

प्रतिक्रिया
सम्बन्धित समाचार