आइतबार, जेष्ठ ६ २०८१

मैत्रीपुर्ण क्रिकेटमा नेपाली क्रिकेट टाइगर क्लब बिजयी


  • ककनी खबर
  • आइतबार, साउन ६ २०७५

श्रावण ६,ककनी खबर।
च्वाडी पब्लिक उच्च मा.बि.को खेलमैदानमा जारी अर्किड क्रिकेट क्लब र नेपाली क्रिकेट टाईगर क्लबबिचको ३ खेलको मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा नेपाली टाईगर क्रिकेट क्लब ७९ रनले बिजयी भएको छ।जितसंगै सिरिज १-१ को अवस्थामा पुगेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाली क्रिकेट टाईगर क्लबले निर्धारित २० ओभरको खेलमा अलआउट हुँदै १५८ रन बनायो।नेपाली टाईगरको तर्फबाट पवन राईले ८४ रन बनाए।बलिङतर्फ अर्किड क्रिकेट कुशल नेपालीले ३ विकेट लिए।

१५९ रनको बिजयी लक्ष्यसहित मैदानमा उत्रिएको अर्किड क्रिकेट क्लब ७९ रनमा अलआउट भयो। अर्किडको लागि कुशल नेपालीले २४ रन बनाए।बलिङतर्फ नेपाली टाईगरका अनुप कोईराला र पवन राईले समान ३-३ विकेट लिए। खेलमा ८४ रन र ३ विकेट लिएका नेपाली टाईगर क्रिकेट क्लबका पवन राई म्यान अफ दि म्याच घोषित भए।प्रतियोगिताको अन्तिम खेल भोलि बिहान ११:०० बजेबाट संचालन हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार