आइतबार, जेष्ठ ६ २०८१

अर्किड क्रिकेट क्लबलाई मैत्रीपुर्ण क्रिकेटको उपाधी


  • ककनी खबर
  • सोमबार, साउन ७ २०७५

श्रावण ७,ककनी खबर।
अर्किड क्रिकेट क्लबको आयोजनामा च्वाडी पब्लिक उच्च मा.बि.माझिटार नुवाकोटको खेलमैदानमा जारी अर्किड क्रिकेट क्लब र नेपाली क्रिकेट टाईगर क्लबबिचको ३ खेलको मैत्रीपुर्ण क्रिकेट प्रतियोगिताको उपाधी अर्किड क्रिकेट क्लब बट्टारले जितेको छ।प्रतियोगिताको अन्तिम खेलमा नेपाली टाईगर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै सिरिज २-१ ले जितेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाली क्रिकेट टाईगर क्लबले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १५३ रन बनायो।नेपाली टाईगरको तर्फबाट पवन राईले ५२ रन,मौसम दाहालले २७ रन र शुनिल ढकालले २२ र रोशन भट्टराईले १९ रन बनाए।बलिङतर्फ अर्किड क्रिकेट क्लबका सन्जय भट्टराईले ५ विकेट र गौरव गजुरेलले २ विकेट लिए।

१५४ रनको बिजयी लक्ष्यसहित मैदानमा उत्रिएको अर्किड क्रिकेट क्लबले १६.३ ओभरमा २ विकेट गुमाउदै बिजयी लक्ष्य हासिल गर्यो।अर्किडको लागि राजन जैसवालले अविजित ५२ रन, कुशल नेपालीले ५० रन र शितल रिमालले अविजित २१ रन बनाए।बलिङतर्फ नेपाली टाईगरका मौसम दाहाल र सुमित कुवरले १-१ विकेट लिए।खेलमा अर्किडका राजन जैसवाल म्यान अफ दि म्याच घोषित भए।प्रतियोगिताको बेस्ट बलर अर्किडका गौरव गजुरेल,बेस्ट ब्याट्सम्यान र म्यान अफ दि सिरिज नेपाली टाईगर क्रिकेट क्लबका पवन राई घोषित भए।

प्रतिक्रिया
सम्बन्धित समाचार