आइतबार, जेष्ठ ६ २०८१

सानिमा बैंक किस्पाङ शाखाद्वारा खानेपानी बितरण


  • ककनी खबर
  • सोमबार, मंसिर ३ २०७५

मङ्सिर ३, किस्पाङ, हरिबोधनी एकादशीको अवसरमा नुवाकोटको फिकुरी स्थित किस्पाङ महादेव मन्दिरमा आज मेला लागेको छ ।

झाक्री नाच सहितको सो मेलामा सानिमा बैंक किस्पाङ शाखा नुवाकोटले भक्तजनलाई निशुल्क खानेपानी बितरण गरेको छ । बैंकका कर्मचारी र स्थानीयको सहयोगमा करिव २००० जनाभन्दा बढी तिर्थालु भक्तजनलाई खानेपानी बितरण गरेको सानिमा बैंक किस्पाङ शाखाका प्रबन्धक प्रसन्न सेढाईले बताए ।

बैंकले बितिय कारोबारको साथै सामाजिक कार्यमा समेत सामेल हुँदै स्थानीयसंग विभिन्न क्षेत्रमा हातेमालो गर्ने प्रबन्धक सेढाईले बताए । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार