आइतबार, जेष्ठ ६ २०८१

नुवाकोटमा भएको मिनिट्रक दुर्घटनामा १८ को मृत्यु


  • ककनी खबर
  • शुक्रबार, मंसिर २८ २०७५

मंसिर २८,दुप्चेश्वर ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका घ्याङ्फेदी घ्याङडाँडामा बा.३ ख ३९१३ नम्बरको आईचर मिनीट्रक दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटको जानकारी अनुसार दुर्घटनामा
हालसम्म १८ जनाको शव फेला परेको छ भने र १७ जना घाइतेको उद्दार गरिएको छ जसमा ८ जनाको सामान्य उपचार पश्चात् थप उपचारको लागि काठमाडौं पठाइएको छ भने अन्यको खोजीकार्य भईरहेको छ ।

स्थानिय बासिन्दाको अनुसार उक्त आइचरमा ४० जना भन्दा बढी यात्रु रहेको थियो । घटनास्थल अति विकट र राती भएकाले उद्दारमा सहजता नभएको तर नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उद्दार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार