पौष ३, । मोफसलको जिल्लामा रहेर पनि लामो समयदेखि नेपाली कला,संगीत र चलचित्र क्षेत्रको बिकास बिस्तार अनि नयाँ कलाकारको खोजि गर्दै निरन्तर पत्रकारिता क्षेत्रमार्फत योगदान दिएको भन्दै पत्रकार किरण प्रसाद अधिकारीलाई सम्मानित गरिएको छ ।
पीम नेपालद्वारा आयोजित पीम नेपाल डकुमेन्ट्री फ्लिम फेस्टिभलको उद्घाटन समारोहमा नेपालका प्रथम उपराष्टपति परमानन्द झाले अधिकारीलाई सम्मानपत्र सहित सम्मानित गरेका हुन् ।
नुवाकोटबाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकका प्रकाशक,सुन्दरादेवी सन्देश डटकमको सम्पादक र प्रेस युनियन नुवाकोटको अध्यक्ष समेत रहेका अधिकारी लामो समयदेखि बिशेष रुपमा कला संगीतको क्षेत्रमा क्रियाशिल छन् । हाल उनी नाट्यश्वर म्युजिक अवार्डको तयारीमा जुटेका छन् । जुन अवार्ड पौष २३ गते काभ्रेको बनेपामा हुदैछ ।