आइतबार, जेष्ठ ६ २०८१

बिन्दुकेशर उच्च माविका पाच सय विद्यार्थीहरुलाइ निशुल्क पोसाक बितरण


  • ककनी खबर
  • मंगलबार, पुष २४ २०७५


पौष २४, नुवाकोट ।
व्ल्याक याक कोरियाको सहयोगमा बिकासका लागि सहकार्य नाम एक गैर सरकारी सस्थाले नुवाकोटको म्यागङ गाउपालिकामा रहेको एक विद्यालयका विद्यार्थीका लागि बिधालय पोसाक बितरण गरेको छ । नुवाकोट जिल्लाको म्यागङ गाउपालिका वडा न ५ मा रहेको बिन्दुकेशर उच्च माध्यमिक बिधालयका करिब ५०० विद्यार्थीहरुका लागि पोसाक बितरण गरिएको आयोजक सस्थाका प्रतिनिधि कृष्ण रिजालले जानकारी दिनुभयो । उहाका अनुसार बिधालयका २४ जना शिक्षक , शिक्षिकाहरुका लागि ज्याकेट बितरण गरिएको छ । बितरण कार्यक्रमका प्रमुख अथिती म्यागङ गाउपालिका प्रमुख आशा बहादुर तामाङले सस्थाले विद्यार्थीहरुका लागि पोसाक बितरण गरेकोमा खुसी ब्यक्त गर्नुभयो । उहाले आगामी दिनमा यस्तै साथको अपेक्षा रहेको बताउनुभएको छ । बिन्दुकेशर उच्च माध्यमिक बिद्यालयका कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाइ पोसाक बितरण गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार