आइतबार, जेष्ठ ६ २०८१

आगलागीको कारण दुप्चेश्वर ४ मा लाखौंको क्षति


  • ककनी खबर
  • शनिबार, पुष २८ २०७५

पौष २८, दुप्चेश्वर/नुवाकोट
दुप्चेश्वर गाउँपालिका वार्ड नम्बर ४ बागेशालामा आगलागी हुँदा लाखौंको क्षति भएको छ । पौष २७ गते राती करीब ८ बजेको समयमा स्थानिय सुदिप केसिको घरमा आगलागी हुँदा करिव चार लाख दस हजार बराबरको क्षति भएको हो ।

किराना पसल समेत रहेको घरमा खाना पकाउने क्रममा अचानक ग्यासको सिलिन्डरमा आगो लाग्न गई घर पुर्ण रुपमा जल्न पुगेको थियो । जसमा घरमा भएको नगद ५० हजार, सुन एक तोला र खुद्रा सामान करीब ३ लाख सहित करीब ४ लाख १० हजार बराबरको हानी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार