आइतबार, जेष्ठ ६ २०८१

बुधसिङ्ग रेडक्रसको सभापतिमा लोचन भट्टराई निर्वाचित


  • ककनी खबर
  • शनिबार, पुष २८ २०७५

पौष २८ बुधसिङ्ग/नुवाकोट , नेपाल रेडक्रस सोसाइटी बुधसिङ्ग उपशाखाको २३ औं साधारणसभा तथा ५ औं अधिबेशन सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटीका जिल्ला उप-कोषाध्यक्ष तथा जिल्ला प्रतिनिधि उद्दव शर्मा रिमालको प्रमुख आतिथ्यतामा आज सम्पन्न अधिबेशनबाट अबको ४ बर्षको कार्यकालको लागि लोचन भट्टराईको सभापतित्वमा १० सदस्यीय कार्यसमिति चयन गरेको हो ।

अन्य सदस्यहरुमा राजु अधिकारी,शैलेश बुढाथोकी,राजकुमार भट्टराई, सम्झना श्रेष्ठ,शोभित बा.श्रेष्ठ,चन्द्र प्रसाद घिमिरे,राजाराम अधिकारी,बद्री प्रसाद शर्मा र कृष्ण बहादुर तिवारी निर्वाचित भएका हुन् ।

निर्वाचित कार्यसमितिको छिटै बैठक बसि कार्यबिभाजन गर्ने नवनिर्वाचित अध्यक्ष लोचन भट्टराईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार