आइतबार, जेष्ठ ६ २०८१

त्रिशुली अटो प्रा.लि. द्वारा ट्राफिकलाई हेलमेट वितरण


  • ककनी खबर
  • बुधबार, माघ २ २०७५

माघ २ बिदुर/नुवाकोट , नुवाकोट र रसुवाको लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता त्रिशूली अटो प्रा.लि. बट्टारले जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटलाई ६ थान हेलमेट प्रदान गरेको छ ।

आज त्रिशुली अटो प्रा.लि.को कार्यालय बट्टारमा आयोजित एक कार्यक्रमबीच प्रा.लि.का संचालक मधुसूदन थपलिया र प्रबन्ध निर्देशक विवेक थापाले जिल्ला ट्राफिक कार्यालय नुवाकोटका प्रमुख शम्भुबहादुर अधिकारीलाई उक्त हेलमेट उपलब्ध गराएका थिए ।

यात्रुसंगै ट्राफिक प्रहरी पनि सुरक्षित हुनुपर्ने र हेलमेट लगाई यात्रा गर्न सबैलाई सु-सुसुचित बनाउनुपर्ने उदेश्य स्वरुप हेलमेट प्रदान गरिएको प्रा.लि.का संचालक मधुसूदन थपलियाले बताए । अब त्रिशुली अटोले सामाजिक कार्यमा समेत सहयोग गर्ने जसको लागि विभिन्न संघ संस्थासंग सहकार्य गर्दै अगाडि बढ्ने प्रा.लि.का प्रबन्ध निर्देशन विवेक थापाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार