आइतबार, जेष्ठ ६ २०८१

नयाँ कार्यसमिति सहित अघि बढ्दै नुवाकोट चेम्बर कमर्स


  • ककनी खबर
  • शनिबार, माघ ५ २०७५

माघ ५, बिदुर/नुवाकोट । नुवाकोट चेम्बर अफ कमर्सको पहिलो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । आज बिदुर ९ स्थित सिलट्यान्कीमा सम्पन्न साधारणसभाले कविन्द्रमान प्रधानको नेतृत्वमा नयाँ कार्यसमिती समेत सर्वसम्मत चयन गरेको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ओम प्रकाश श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुन्दरमान दुवाल, दितिय उपाध्यक्षमा सुवर्णमान श्रेष्ठ ,महासचिवमा केशव मिश्र, सचीवमा राजेन्द्र रिजाल ,कोषाध्यक्षमा दिपकसेन रिजाल निर्वाचित भएका छन् ।अन्य सदस्यहरुमा सुमन पाठक, खिल बहादुर अधिकारी, केदार श्रेष्ठ, कृष्ण बहादुर प्याकुरेल, रोशन शाह, शिव खड्की, पुर्णलाल श्रेष्ठ, सन्जय अमात्य, सम्झना जोशी, रामजी लम्साल(बस्तुगत सदस्य), बद्रीप्रसाद प्याकुरेल(बस्तुगत सदस्य) निर्वाचित भएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघबाट नेपाल चेम्बर अफ कमर्स औपचारिक रुपमा छुट्टीएपछी यसले सबै जिल्लामा आफ्नो संगठन बनाउने क्रम जारी छ । सोही अनुरुप केही बर्ष अघि नुवाकोटमा स्थापित भएको यस संस्थाले जिल्लामा भएका विभिन्न व्यवसायीलाई समेट्दै आफ्नो उदेश्य र उपस्थितिलाई मजवुत बनाउदै गईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार