आइतबार, जेष्ठ ६ २०८१

प्रहरीको घेरा तोड्दै नेविसंघबाट नुवाकोटमा मसाल जुलुस प्रदर्शन (भिडियो सहित)


  • ककनी खबर
  • बुधबार, माघ १६ २०७५

विदुर । सयौ प्रहरीको घेरा तोड्दै बुधबार साँझ नुवाकोटमा नेपाल विद्यार्थी संघ नेविसंले मसाल जुलुस र कोणसभा सम्पन्न गरेको छ । केन्द्रीय कार्यक्रम अनुसार नेविसंघ नुवाकोटका सचिव शंकर पाण्डेको नेतृत्वमा विदुर नपा–१ ढुङ्गेबाट निस्किएको मसाल जुलुसले सशस्त्र प्रहरी र नेपाल प्रहरीको सयौको सङ्ख्यामा रहेको घेरा तोड्दै विदुर–२ लोकतान्त्रिक चौतारासम्म र्याली सहित कोणसभा गरेको हो । प्रहरीले मसाल रोक्नको लागी दमन र धरकपड गरेपनि नेविसंघ सहित नेपाली काँग्रेसमा आबद्ध भएका लोकतन्त्रवादीहरुले सफल रुपमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।


जुलुसको समापन कार्यक्रममा काँग्रेस नुवाकोटका प्रवक्ता राजु थापा, नेविसंघ नुवाकोटका सचिव शंकर पाण्डे, काँग्रेस जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले अहिलेको माग सम्बोधन गर्नुको विकल्पमा अधिनायकवाद भित्र्याउन मात्र केन्द्रित भएकाले त्यसको विरुद्धमा घोषित केन्द्रीय कार्यक्रमलाई चर्काएर ओली सरकारलाई घुडा टेकाउन बाध्य हुने चेतावनी दिनुभयो । बिरोध र्यालीमा त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसका स्ववियु सभापति पारस अधिकारी, सचिव पंकज रोका, नुवाकोट आदर्श बहुमुखी क्याम्पस नेविसंघ इकाई अध्यक्ष अनिल ढकाल, सचिव रबिन दाहाल, नेविसंघका नेताहरु नमराज सुवेदी, सरोज लामा, गोबिन्दराज कट्टेल, परिबेश बडाल, इश्वर अर्याल, अर्जुन कोइराला, सरोज थापा लगायतको सहभागिता रहेको थियो ।

जुलुसमा सहभागीले मसाल जुलुस तथा कोणसभामा तेत्तिस किलो सुन काण्डमा स्सुन काण्डका मतियारलाई सँरक्षण, निर्मला पन्त लगायत चेलीबेटी बलत्कारिहरुलाई सँरक्षण, जनताको आवाज उठाउने डा. गोबिन्द के सीले राख्दै आएको मागको सम्बोधन गर्नुपर्ने र राष्ट्रघाती चिकित्सा शास्त्र ऐन खारेजी हुनुपर्ने, राष्ट्रसेवक र निर्दोस बालिका हत्यारालाई पुरस्कार, वाईड्वडिमा ६ अर्व झ्वाम्मपारेको जनता माथी अत्याधिक कर वृद्धि गराउने काम गरेको, बुढीगण्डकी र गेजुवा काण्ड, सदनलाई रणभुमी बनाएको, आएको हावाइ जहाँज पंखा, पुच्छर सबै चपाएर पानी जहाँआजको सपना बाँडेको, राष्ट्रपतीलाई डेढ अरवको हेली र अठार करोडको गाडी, बृद्ध नागरिकलाई ५–५ हजार हात(हातामा पुर्‍याउने भनी झुक्याएको, अगिल्लो सरकारले १० प्रतिशत काम बाँकी राखेको मेलाम्ची कमिसनको चक्करमा ढिलाई गरेको, स्वास्थ्य सेवा माफियालाई बुझाएको, काठामाण्डौं आफ्नै अगाडिको खाल्टा–खुल्टी पुर्न नसकेर जनातालाइ मरी राखेको बेलामा, पानी जाहाज र घर घर मा ग्याँसको पाइप जोडिदिनेफाईफुट्टी देखाएअर झुक्याएको,
हत्या–बलत्कारिका मतियारलाई तक्मा दिने काम गरेको, सनम साक्यका हत्यारा बाट पैसा खाएर केसनै सामासुम पारेको,
प्रमुख प्रतिपक्षको लिडरको आनुपस्थितिमा सँबैधानिक आयोगहरु बनाएको लगायतको आरोप लगाएका थिए ।

घोषित केन्द्रीय कार्यक्रम अनुसार बिहीबार नुवाकोटको सबै स्थानीयतहमा नेविसंघको नेतृत्वमा मसाल जुलुस सहित बिरोध र्याली निकाल्ने कार्यक्रम रहेको नेविसंघका जिल्ला सचिव शंकर पाण्डेले जानकारी दिनुभयो

प्रतिक्रिया
सम्बन्धित समाचार