आइतबार, जेष्ठ ६ २०८१

विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिती नुवाकोट शाखाको जिल्ला सभा सम्पन्न


  • ककनी खबर
  • आइतबार, माघ २० २०७५

माघ २० बिदुर/नुवाकोट विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिती नुवाकोट शाखाको जिल्ला सभा सम्पन्न भएको छ । सभाले सोमप्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षहरुमा शिवप्रसाद कोईराला, रामकृष्ण सुनार र अच्युत प्रसाद पाण्डे, सचिवमा प्रकाश रिमाल, सह-सचिवहरुमा रविन दाहाल, प्रकाश ढुङ्गाना, संगीता जोशी र सुमित्रा पौडेल (रिमाल) ,कोषाध्यक्षमा रोजिना पाण्डे चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बासुमान श्रेष्ठ, कृष्ण प्रसाद धिताल , हरि प्रसाद पौडेल, केदार ढकाल, निखिल उप्रेती, कोपिला अर्याल, मुकुन्द अधिकारी, दिपेन्द्र ढुङ्गाना, तील प्रसाद रेग्मी र राम प्रसाद दाहाल चयन भएका छन् । निर्वाचित कार्यसमितिको बैठक पश्चात् जिल्लाका सबै भेगलाई समेटेर कार्यसमितिलाई पुर्णता दिने निर्वाचित अध्यक्ष सोम प्रसाद पाण्डेले बताए ।

त्यस्तै भेलाले सल्लाहकार समितीमा नारायण रिमाल, केदारनाथ पाठक, यादवराज पाण्डे, शम्भु प्रसाद शर्मा, दामोदर थापा, राजु थापा, बिन्दा अर्याल, राज्यलक्ष्मी पाण्डे, गोबिन्दलाल चित्रकार, बिष्णु प्रसाद नेपाल चयन गरेको छ ।

बिश्व हिन्दु महासंघ नुवाकोटका संयोजक नारायण प्रसाद रिमालको सभापतित्व र बिश्व हिन्दु महासंघको केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष दयाराम पाण्डे, केन्द्रिय सदस्य केशव प्रसाद भट्टराई, वैदिक सनातन धर्म संरक्षण समितीका केन्दिय अध्यक्ष केदार नाथ पाठक, पुर्व सभासद राज्यलक्ष्मी पाण्डे राणा, देविघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष बिष्णु प्रसाद नेपाल, धर्म सभा नुवाकोटका अध्यक्ष यादवराज पाण्डे, हिन्दु स्वयंसेवक संघ नुवाकोटका अध्यक्ष सोमप्रसाद पाण्डे, बाशुकी मन्दिर संरक्षण समितीका अध्यक्ष शम्भुप्रसाद सिलवाल, जेसिज नुवाकोटका अध्यक्ष दुर्गाराज पाठक, समाजसेवीहरु ध्रुब अधिकारी, बिन्दा अर्याल, राजु थापा, बसन्तलाल श्रेष्ठ, पुर्व प्राचार्य शम्भु प्रसाद शर्मा आदिको उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै वक्ताहरुले हिन्दु धर्मलाई जोगाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

वैदिक सनातन धर्म संरक्षण समितिका केन्द्रिय अध्यक्ष केदारनाथ पाठकले संसारकै सबैभन्दा पुरानो धर्म हिन्दु धर्ममाथी भईरहेको निरन्तर आक्रमणले गर्दा आज यो धर्म नै निकै खतरामा परेको भन्दै हिन्दु धर्मसंग सम्बन्धित विभिन्न संघ संस्थाहरु एकीकृत हुँदै हिन्दु धर्मको संरक्षणमा जुट्नुपर्ने बताए । बिश्वको एकमात्र हिन्दु राज्य नेपालको पहिचान बनाएको नेपाललाई एकाएक धर्म निरपेक्ष राज्य घोषणा गर्दै हिन्दु धर्मलाई कमजोर बनाउने खेल सुरु भएको भेलामा उपस्तिथि हुने हरुको कथन थियो । पछिल्लो समय एक क्रीस्चियन धर्म प्रचारक कोरियन संस्थाले नेपालमा क्रीस्चियन धर्मको एक सम्मेलन आयोजना गर्दै देशको प्रधानमन्त्री सहित नेता र निर्वाचित जनप्रतिनिधिलाई समेत लाई बोलाएर कार्यक्रम गरेपछी हिन्दु धर्मावलम्बीले यसलाई झन् चासो साथ लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार