आइतबार, जेष्ठ ६ २०८१

पूर्वप्रधानमन्त्री नेपालका पिएसओ सहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि


  • ककनी खबर
  • शनिबार, भाद्र ६ २०७७

भाद्र ६ , पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पिएसओ सहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पिएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको गौतमले बताए ।

गत बिहीबार उनीहरुको स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षण रिपोर्ट शुक्रबार राति आएको थियो । संक्रमित सबैलाई आएसोलेसनमा पठाइसकिएको गौतमले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार