आइतबार, जेष्ठ ६ २०८१

ऊ किन्छ, न्याय! न्यायालय!


  • ककनी खबर
  • बिहिबार, जेष्ठ ६ २०७८

पारसमणि खतिवडा

ठूलाको पदधूलि चाट्न नसके, के काम को शासन ?
साना को मुखपेट काट्न नसके, के काम हो शासन ?
ठूला को वरदान पाउन सके, लम्कन्छ त्यो जिन्दगी
साना को गरिवी अँठ्याउन सके, चम्कन्छ त्यो
जिन्दगी! ।।१।।

ठूला वाहन ल्याउने शहरमा, ठूलै उकास्ने भुँडी
साना चाहिँ हटाउने र तिनका, सर्लक्क तास्ने भुँडी
नास्छन् सुन्दरता अरे शहरका, ती
तीनपाङ्ग्रेहरू!
भन्दैछन् सरकारका नकचरा, ती चोर डाङ्ग्रेहरू ।।२।।

ठूलाको मतियार बन्नु छ यहाँ, के सर्वहारा हुने ?
ठूला कै हतियार बन्नु छ यहाँ, के कर्द – आरा हुने ?
घोटून् हाडहरू गरीब निमुखा, पाऊन् धनीले
फल,
एस्तो गर्नु छ ती निरीह जनता, होऊन् सधैं
निर्बल! ।।३।।

ठूला पोष्न र शुल्क छाड्न अति नै, टाठो छ सत्ता यहाँ
साना शोष्न र ढाड सेक्न अति नै, बाठो छ सत्ता यहाँ
ठूलाको व्यवसायमा भर दिने, शद्धर्म सम्झन्छ ऊ
सानाका लघु आयमा कर लिने, सत्कर्म सम्झन्छ ऊ ।।४।।

सारङ्गी सरि पेटमाथि जहिले, ऊ हान्छ
लात्तीहरू!
आफैं घूस असुल्छ लाख अरबौँ, ऊ पाल्छ हात्तीहरू
आफ्ना काम पल्ट्याउने किसिम ले, ऊ किन्छ न्यायालय
पैसै मात्र अँठ्याउने तवरले , ऊ बेच्छ देवालय ।।५।।

छल्ने छल्न सिकाउने पनि उही, हो देश घाती
उही
बिक्ने बिक्न सिकाउने पनि उही, हो कुष्ठ काती
उही
बूढो गोरु नजोत्न सक्दछ न ऊ, बाली दिनै सक्दछ
रोक्ने गर्दछ काम ऊ, बहर को गाली लिने गर्दछ! ।।६।।

सिन्धुपालाञ्चाेक
२०७८/०२/०६

प्रतिक्रिया
सम्बन्धित समाचार