नुवाकोट – यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले जिल्ला अस्पताल त्रिशुलीलाई थप दुई थान आइसियु वेड हस्तान्तरण गरेको छ ।
कोभिड–१९ को महामारीमा आम नागरिकले सहज उपचार पाउन् भन्ने उद्देश्यले ट्रष्टका संरक्षण तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
सामग्री हस्तान्तरण गर्दै नेपाली कांग्रेसका नेता केसीले कोभिड १९ को बढ्दो संक्रमणबाट आम नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी स्वास्थ्य सामग्री प्रदान गरिएको बताए ।
ट्रष्टले म्यागङ गाउँपालिका देउराली प्राथमिक स्वास्थ्य केन्द्रमा १ थान इसिजि मेसिन, तादि गाउँपालिका साबिक सुन्दरादेवी र शिबपुरी गाउँपालिकाको साबिक थानपतिमा १/१ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेको छ ।
यस्तै, विदुर नगरपालिका–३ खड्गभन्ज्याङ स्वास्थ चौकीमा ३ थान बेड, विदुर नगरपालिका वडा नं १२ चारघरे स्वास्थ्य चौकीमा २ थान बेड र १ थान अक्सिजन कन्सन्ट्रेटर, माक्स, पिपिई लगायत स्वास्थ सामाग्रीहरु ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीको उपस्थितिमा सम्वन्धित स्थानिय तहमा ट्रस्टका अध्यक्ष डा केदार नरसिंह केसीले एक कार्यक्रमका विच हस्तान्तरण गरेका हुन् ।