Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

आज हरिशयनी एकादशी मनाइँदै

Main News Image
Kakani Khabar add

काठमाडौँ । हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि जेठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको बिरुवा आज मोठमा सारिन्छ ।


सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो ।


भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाण्डौको बूढानीलकण्ठ, काठमाण्डौ उपत्यकाका चार नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ ।  


वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधीका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका ठाउँमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ ।


तुलसी भएका ठाउँमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रुपमा पुष्टि भएको छ । चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ ।

Kakani Khabar add

सम्बन्धित खबर

स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै

काठमाडौँ । हात हातमा मोबाइल र इन्टरनेटको पहुँचले परम्परागत हुलाकको अस्तित्वमा प्रश्न उठिरहेको समयमा हुलाकलाई स्मार्ट बनाउने सरकारको योजना प्रभावकारी बन्दै गएको छ ।


डिजिटल प्रविधिको विस्तारसँगै हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र...

जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धारको प्रयास चल्दै

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट र रसुवाका जलविद्युत आयोजनामा सयौँ मान्छे फसेको आशंकामा खोज तथा उद्धारको प्रयास भइरहेको छ ।


नेपाली सेना र विभिन्न देशका विज्ञसहितको टोलीले उद्धारको काम गरिरहे पनि अझै सफल हुन स...

बेलकोटगढीको सबै वडा पूर्ण खोप सुनिश्चित, पालिका घोषणाको तयारी

बाघखोर । बेलकोटगढी नगरपालिकाको सबै वडा पूर्ण खोप सुनिश्चित भएका छन् । नगरपालिकाले सोमबार आयोजित कार्यक्रममा नगरमा रहेका सबै १३ वटै वडालाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र प्रदान गरिएको हो ।

किम्ताङमा बाली स्वास्थ्य शिविर, किसानलाई निःशुल्क प्राविधिक परामर्श

नुवाकोट । किसानका खेतबारी तथा कृषि फर्ममा देखिएका रोग, किरा तथा अन्य समस्याको पहिचान गरी समाधानका उपायबारे प्रत्यक्ष प्राविधिक परामर्श दिने उद्देश्यले म्यागङ गाउँपालिका–४ किम्ताङमा एकदिने बाली स्वास्थ्य शिविर तथा बिरुवा जाँच कार्यक्रम सम्पन्न भएको...

नागढुङ्गा सुरुङमार्गको उदघाटन आज

काठमाडौँ । देशकै सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उदघाटन हुँदैछ ।


संघीय राजधानी काठमाण्डौलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङमार्ग देशकै पहिलो व्यवस...

चार महिनामा विपद्का पाँच हजारभन्दा धेरै घटना, २५० जनाको ज्यान गयो

काठमाडौँ । बितेका चार महिनामा देशका विभिन्न ठाउँमा गरी पाँच हजारभन्दा धेरै विपद्जन्य घटना भएका छन् । ती घटनामा २५० जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ ।


गएको वैशाख १ यता हिजो ५ गत...