Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

अख्तियारमा १ वर्षमा ३३ हजारभन्दा धेरै उजुरी

Main News Image
Kakani Khabar add

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्षमा भ्रष्टाचारसम्बन्धि सबैभन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित परेका छन् । आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षामार्फत् अख्तियारले उजुरी, अनुसन्धान, मुद्दा फछ्र्यौटलगायतका तथ्यांक सार्वजनिक गरेको हो ।


गएको आर्थिक वर्षमा अघिल्लो वर्षबाट सरेर आएका ७ हजार ३ सय २३ र नयाँ दर्ता ३३ हजार ३ सय २८ गरी कुल ४० हजार ६ सय ५१ उजुरी थिए । त्यसमध्ये ३२ हजार ७ सय ९९ उजुरी फछ्र्यौट भएका छन् भने बाँकी ७ हजार ८ सय ५२ उजुरी चालू आर्थिक वर्षका लागि सारिएका छन् ।


आयोगको तथ्याङ्कले भ्रष्टाचारका उजुरीहरू सबैभन्दा धेरै पालिका अर्थात् स्थानीय तहसँग सम्बन्धित रहेका छन् । कुल उजुरीमध्ये ४८.९६ प्रतिशत स्थानीय तहका रहेका छन् भने सङ्घीय सरकारसँग सम्बन्धित ३८ प्रतिशत र प्रदेश सरकारसँग सम्बन्धित १३.०४ प्रतिशत छन् ।


प्रमुख आयुक्त प्रेमकुमार राईले उजुरी फछ्र्यौटमा उल्लेख्य प्रगति भए पनि अनुसन्धानको गुणस्तर अझै बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ । रुवान्डामा हुने आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिताका लागि प्रारम्भिक चरणमा आज २९ सदस्यीय खेलाडी घोषणा गरेको हो ।


छनोट हुने खेलाडीहरूमा वि...

सूचना प्रविधि विभाग ‘विद्युतीय शासन कार्यालय’ मा रूपान्तरण हुने

काठमाडौँ । सरकारले सूचना प्रविधि विभागलाई अब ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ का रूपमा रूपान्तरण गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण...

ट्राफिक सप्ताह २०८३ अन्तर्गत नुवाकोटमा १५ चालकको लागू पदार्थ परीक्षण, २ जना पोजिटिभ भेटिए ।


नुवाकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले मनाइरहेको ‘ट्राफिक सप्ताह २०८३’ को पाँचौँ दिन लागू पदार्थ सेवन (लाप.से.) नियन्त्रण तथा सवारी दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै विशेष स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

बालेन शाहले शुक्रवार दिउँसो १२ बजेर ३४ मिनेटको साइतमा प्रधानमन्त्रीको शपथ लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनका लागि पर्सि शुक्रवार दिउँसो १२ बजेर ३४ मिनेटको साइत तय भएको छ ।


शाहको सचिवालयकाअनुसार शुक्रवार दिउँस...

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । सरकारले आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाउन लागेको हो । स्वास्थ्य सेवा विभाग...

बागमतीका मुख्यमन्त्री बानियाँको राजीनामा

काठमाडौँ ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिनुभएको छ । आज दिउँसो बसेको बागमती प्रदेशसभा बैठकमा विश्वासको मत प्रस्तावलाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।


नेकपा एमालेले स...