Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

Main News Image
Kakani Khabar add

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले झण्डै एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ ।


शिक्षा तथा खेलकुद मन्त्रालयले निजी क्षेत्रका विद्यालय सञ्चालकको छाता सङ्गठनसँग सहकार्यमा प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्म अध्ययनरत बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले छात्रवृत्ति योजना कार्यक्रम ल्याएको हो ।


शिक्षा मन्त्री सस्मित पोखरेलले छात्रवृत्ति योजना घोषणा गर्नुभयो । उहाँले देश तथा विदेशबाट प्राप्त सहयोगले विपद्को समयमा सरकारलाई थप ऊर्जा र हौसला प्रदान गरेको बताउनुभयो ।


योजनाअनुसार विद्यार्थीलाई पूर्ण, आंशिक तथा आवासीय छात्रवृत्तिसँगै पाठ्यपुस्तक, पोसाक, शैक्षिक सामग्री, आवास तथा खानालगायतका सुविधा उपलब्ध गराइनेछ ।


मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले प्रभावित विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी तथ्याङ्कका आधारमा प्राथमिकता निर्धारण गरेर छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो ।


निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन), उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान), एसोसिएसन अफ प्रि–स्कुल एजुकेसन नेपाल ९एपिन० र मन्टेश्वरी एसोसिएसन नेपाल लगायतसँग सहकार्य गरिनेछ ।


त्यसैगरी, अन्य सरकारी गैरसरकारी संस्थाहरुसँग पनि सहकार्य हुनेछ । मन्त्रालयले छात्रवृत्ति योजनामा योगदान गर्न निजी क्षेत्र, व्यावसायिक क्षेत्र तथा सरकारी र गैरसरकारी संस्थाहरुसँग अपिल पनि गरेको छ ।


प्रारम्भिक विवरणअनुसार बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढीबाट १६ शिक्षक र २१७ विद्यार्थी सम्पर्कविहीन रहेका तथा नौ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको विवरणमा उल्लेख छ ।

Kakani Khabar add

सम्बन्धित खबर

तारकेश्वर गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न, नीति तथा कार्यक्रम सर्वसम्मत पारित

नुवाकोट । तारकेश्वर गाउँपालिकाको १३औँ गाउँसभा दाङसिङ रयलछापस्थित गाउँ कार्यपालिकाको नवनिर्मित प्रशासकीय भवनमा भव्य रूपमा सम्पन्न भएको छ।

गाउँसभामा गाउँपालिका अध्यक्ष शिव अधिकारी 'अविरल'ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गर्नुभएको...

चट्याङ लागेर सूर्यगढीमा एक घरमा क्षति, रास्वपाको टोलीबाट घटनाको स्थलगत अवलोकन

नुवाकोट । सूर्यगढी गाउपालिका-४ स्थित केराघारीमा चट्याङ लागेर एकघरमा पूर्ण क्षति भएको छ ।


हिजो अपरान्ह सवा ४ बजेको समयमा परेको चट्याङले स्थानी राजु तामाङको घरमा क्षति पुगेको हो । चट्याङले घरको विद्युतीय मिटरबक्स सहित बत्ति लगायतका...

विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको मृत्यु, ४ हजार भन्दा बढी घटना

काठमाडौँ । गएको बैशाख महिना देखि हाल सम्म विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको ज्यान गएको छ । 


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि यही साउन १७  गतेसम्म देशका विभिन्न भागमा चा...

तारकेश्वरका शैक्षिक सँस्था आइतबार पनि खुल्ने, बैशाख २ देखि विद्यालय सुचारु हुने

नुवाकोट । तारकेश्वर गाउँपालिकामा रहेका शैक्षिक सँस्थाहरु आइतबार पनि पूर्ववत रुपमा सञ्चालन हुने भएको छ ।

तारकेश्वर गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक शिव अधिकारी (अविरल)ले गाउँपालिकाभित्रका शैक्षिक संस्थाहरूलाई आज चार बुँदे निर्द...

पिमलडाँडा माविका शिक्षक-विद्यार्थीलाई दुई दिने सेल्फ डिफेन्स तालिम

नुवाकोेट । तारकेश्वर गाउँपालिकाको प्रवर्धनमा नेपाल स्पोर्ट्स सेन्टर (नेकोस) ले वडा नम्बर ३ को पिमलडाँडा माविमा सञ्चालन गरेको दुई दिने सेल्फ डिफेन्स तालिम आज सम्पन्न भयो ।

तालिमको समापन सत्रलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारी अवि...

नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।



बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोवि...