Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

Main News Image
Kakani Khabar add

काठमाडौँ । हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमा ढुवानी सुरु गरेको छ ।


यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रुकुम (पश्चिम) र जुम्लाले वितरण गर्ने सवारी चालक अनुमतिपत्र हुलाकमार्फत नागरिकको घरदैलोमा ढुवानी सुरु भएको हो । 


यसका लागि कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सुर्खेतका सचिव अर्जुनकुमार बम र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले शुक्रबार समझदारीपत्रमा हस्ताक्षर गरी सो कार्यको औपचारिक आरम्भ गर्नुभएको थियो । 


नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको बुँदा नं २७ मा सरकारी सेवा घरमा नै उपलब्ध गराउने उल्लेख भएअनुरूप हुलाक सेवाले यस कार्यको थालनी गरेको हुलाक निर्देशनालयका निर्देशक पाण्डेले जानकारी दिनुभयो । 


घरदैलोमा सवारी अनुमतिपत्र पुर्‍याइने भएपछि कर्णाली प्रदेशका दुर्गम र यातायात व्यवस्था कार्यालय नभएका जिल्लाका नागरिकले ठूलो रकम खर्च गरी लाइसेन्स लिन सुर्खेत, जुम्ला र रुकुम (पश्चिम) जानुपर्ने झन्झट अब समाप्त भएको उहाँले बताउनुभयो । 


निर्देशक पाण्डेका अनुसार यातायात व्यवस्था कार्यालयको लिखित र प्रयोगात्मक परीक्षालगायत मापदण्ड पूरा गरी सवारी चालक अनुमतिपत्र प्राप्त गर्न योग्यता पुगेका सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न यातायात कार्यालयमा आउनुपर्ने छैन । मात्र रु ४० को हुलाक महसुलमा नागरिकको घरघरमा लाइसेन्स पुग्नेछ ।


यसअघि हुलाक सेवाले नागरिकको राहदानी, दूरसञ्चार संस्थाका सिमकार्ड र अन्य सामग्री नागरिकको घरघरमा पुर्‍याउने काम गर्दै आएको छ । यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुन नसकेका रगत, दिसा, पिसाब, छालालगायत नमुना परीक्षणका लागि हवाई सेवाद्वारा छिटोछरितो काठमाडौँ पठाउने, स्वास्थ्य बिमा बोर्ड, खुला विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालयलगायत संस्थाका सामग्रीसमेत हुलाकमार्फत आदानप्रदान हुने कामको सुरुआत भइसकेको हुलाक निर्देशनालय सुर्खेतले जनाएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

तारकेश्वरमा संघ सरकारको निर्णय प्रभावकारी भएन, बिदा र कार्यालय समय पहिलाकै कायम

नुवाकोट, वैशाख २१ । तारकेश्वर गाउँपालिकाले आइतबारको सार्वजनिक बिदा तथा बिहान ९ बजेदेखिको कार्यालय समय प्रभावकारी नभएको निष्कर्ष निकाल्दै गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरू पूर्ववत् रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।


गाउँपाल...

कक्षा १२ को नतिजा सार्वजनिक स् नियमिततर्फ झण्डै ७० प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । 


आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस पटक नियमिततर्फ ३ लाख...

कांग्रेस संसदीय दल नेता चयन प्रक्रिया वैशाख २ गते शुरू हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल नेता चयनको प्रक्रिया वैशाख २ गते शुरू हुने भएको छ ।


दलको नेता चयनका लागि गठित निर्वाचन समिति संयोजक एवम् कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीकाअनुसार वैशाख २ गते प्रक्रिया शुरू गरेर ४...

पश्चिम तराईमा मधेशवादी दल अस्तित्वको संघर्षमा

मधेश आन्दोलनको मर्म कमजोर बन्दै जाँदा एकातिर राष्ट्रिय आयतनका ठूला पार्टीहरूले नै मधेशी समुदायका उम्मेदवारको संख्या घटाउन थालेका छन्, अर्कातिर मधेशवा...

विश्वकप २०२६ : अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आमनेसामने हुँदै

काठमाडौँ ।  फिफा विश्वकप फुटबलमा आज राति समूह ‘जे’ का अर्जेन्टिना र अस्ट्रिया खेल्दैछन् । यो खेल अमेरिकाको डालास रङ्गशालामा राति पौने ११ बजे शुरू हुनेछ ।


दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए । अर्जेन्टिनाले लियोनल मेसीक...

एशियाली खेलकुदको पुरुषतर्फको छनोट : नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने

काठमाडौँ । एशियाली खेलकुदको पुरुषतर्फको छनोटमा नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने भएको छ । सिंगापुरमा भइरहेको प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई १ सय ५४ रनले पराजित गरेपछि सेमिफाइनल समीकरण पूरा भएको हो ।


ने...