Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नेपाली यू–१९ महिला क्रिकेट टोली एशिया कपमा छनोट

Main News Image
Kakani Khabar add

काठमाडौँ । नेपाली महिला क्रिकेट टोली १९ वर्षमुनिको एसीसी एशिया कपमा छनोट भएको छ ।

मलेशियामा आज भएको एसीसी १९ वर्षमुनिको महिला प्रिमियर कपको क्वाटरफाइनलमा जापानलाई ९ विकेटले हराएर सेमिफाइनलमा प्रवेश गरेसँगै नेपाल एशिया कपमा छनोट भएको हो ।

जापानले दिएको ८९ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो । नेपालकी सावित्री धामीले नटआउट ४१ रन बनाइन् । जापानकी ममता कासवानले १ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको जापानले २० ओभरमा सबै विकेट गुमाएर ८६ रन बनायो । जापानकी बियान्का शिनोले नटआउट ३८ रन बनाइन् । नेपालका कृष्मा गुरुङ र रिया शर्माले २/२ विकेट लिए ।

अब नेपालले सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्नेछ । यस्तै अर्काे सेमिफाइनलमा इन्डोनेशिया र थाइल्यान्डबीच खेल हुनेछ । यी ४ वटै टोली एशिया कपमा छनोट भएका छन् ।

Kakani Khabar add

सम्बन्धित खबर

१९ वर्षमुनिको प्रिमियर कपका लागि नेपाली टोली घोषणा

काठमाडौँ । मलेसियामा हुने एसीसी महिला यू–१९ प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीको घोषणा गरेको छ । 


बुधबार सार्वजनिक गरिएको १४ सदस्यीय टोलीको नेतृत्व सोनी पाख्रिनले गर्नेछिन् । पर्सि शनिबारदेखि साउन...

५ पटकको विजेता ब्राजिल र नर्वे खेल्दै, यस्तो छ ‘हेड–टु–हेड’

काठमाडौँ । फिफा विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा आज राति ५ पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन् । यो खेल राति पौने २ बजे अमेरिकाको न्युयोर्क न्यु जर्सी रङ्गशालामा शुरू हुनेछ ।


नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी...

फिफा विश्वकपको क्वाटरफाइनल समिकरण पूरा

काठमाडौँ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को क्वाटरफाइनलम समिकरण पूरा भएको छ ।


प्रिक्वाटरफाइनल अन्तर्गत बुधबार विहान स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल सकिएपछि अन्तिम आठमा पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो । सा...

चुनाव स्थगित गर्न एन्फालाई राखेपको निर्देशन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई चुनाव स्थगित गर्न निर्देशन दिएको छ ।


राखेपका सङ्घ–संस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राईले एन्फालाई पत्र लेख्दै चैत १३ गते आउँदो शुक्रवार झापामा हु...

साफ महिला च्याम्पियनशिपको सेमिफाइनलबाटै बाहिरियो नेपाल

काठमाडौँ । साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग २–१ गोलले पराजित भयो ।


खेलको २३औँं मिनेटमा गीता रानाले गोल गर्दै ने...

विश्वकप तयारी : आज चेन्नईमा नेपाल र यूएईको ‘वाम अप’ भिडन्त

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकप अगाडि नेपालले चेन्नईमा दुई ‘वाम अप’ म्याच खेल्दैछ ।

पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग आज प्रतिस्पर्धा गर्नेछ । नेपाल क्रिकेट संघ...