Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नुवाकोटको तारकेश्वरका ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार प्रदान, शिक्षक र विद्यालय पनि सम्मानित

Main News Image
Kakani Khabar add

नुवाकोट । एसइई परीक्षामा ४ जिपिए ल्याउने तीन जना विद्यार्थीलाई तारकेश्वर गाउँपालिकाले जनही रु. ५० हजारसहित ‘गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कार’ प्रदान गरेको छ ।

गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले दाङसिङस्थित गाउँपालिका कार्यालयमा आयोजित ‘शिक्षक, विद्यार्थी र विद्यालय सम्मान तथा वार्षिक शैक्षिक क्यालेण्डर विमोचन कार्यक्रम’मा गाउँपालिकाका स्थायी बासिन्दा भई एसइईमा ४ जिपिए ल्याउन सफल प्राजन प्रधान, सम्पदा श्रेष्ठ र दिलासा पौडेललाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।

त्यसैगरी, गत वर्षको एसइई परीक्षामा गाउँपालिकाभित्रका विद्यालयमध्ये उत्कृष्ट नतिजा ल्याउने श्रीकृष्ण माविकी छात्रा सुनिता रोक्का र छात्र पवन ढकाललाई जनही रु. ८ हजार नगद, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको छ । उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय श्री शङ्खादेवी माविलाई नगद रु. २५ हजारसहित प्रशंसापत्र र दोसल्लाले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा विभिन्न विद्यालयका उत्कृष्ट नतिजा दिलाउने शिक्षकहरूलाई समेत नगद पुरस्कार, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो । सम्मानित हुने शिक्षकहरूमा नेपाली, अङ्ग्रेजी, गणित, सामाजिक, अर्थशास्त्र, विज्ञान तथा अतिरिक्त गणित विषयका शिक्षकहरू रहेका छन् ।

यस्तै, आधारभूत तह (कक्षा ८) परीक्षामा उत्कृष्ट नतिजा ल्याउने श्रीकृष्ण माविकी छात्रा अनिषा श्रेष्ठ र चण्डी माविका छात्र राहुल विकलाई जनही रु. ८ हजारसहित सम्मान गरिएको छ भने उत्कृष्ट विद्यालय श्रीकृष्ण माविलाई नगद रु. २० हजारसहित प्रशंसापत्र प्रदान गरिएको छ ।

सोही अवसरमा गाउँपालिकाको वार्षिक शैक्षिक क्यालेन्डर विमोचन गर्दै अध्यक्ष अधिकारीले शैक्षिक सुधार र नतिजा उकास्न सबै विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई जिम्मेवार र प्रतिबद्ध भएर काम गर्न निर्देशन दिनुभयो । उहाँले दुई साताअघि जारी सात बुँदे निर्देशनलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै आगामी वर्ष अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्यसहित अघि बढ्न आग्रह गर्नुभयो ।

Kakani Khabar add

सम्बन्धित खबर

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

काठमाडौँ । सङ्घीय सरकारले स्थानीय तहलाई खाद्य निरीक्षकको व्यवस्था गरी खाद्य स्वच्छता र गुणस्तरको प्रभावकारी नियमन गर्न आग्रह गरेको छ ।


‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ ले स्थानीय तहमा खाद्य निरीक्षक नियुक्त गरी आफ्नो क्षे...

शुक्रबार तोलामै साढे १० हजार रुपैयाँले घटेको सुनको भाउ आज बढ्यो

काठमाडौँ । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । 


यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँले घटेको थियो । शुक्रबार सुन तोलाको २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा आज आइतबार...

किस्पाङमा निःशुल्क आँखा जाँच शिविर, २०१ जनाको आँखा परीक्षण

नुवाकोट । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा, तिलगंगा आँखा प्रतिष्ठान गौशाला, काठमाडौं तथा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र नुवाकोटको प्राविधिक सहयोगमा किस्पाङ गाउँपालिका–२ स्थित सातदोबाटोमा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ...

रोल्पाका सन्देशको सहारा बन्दै 'शिवम् सिमेन्ट'

काठमाडौँ । दुवै हात नचल्ने भए पनि खुट्टाको सहायताले लेखेर अध्ययन गरिरहेका रोल्पाका सन्देश बुढा मगरले अब काठमाडौमा पढ्ने अवसर पउनुभएको छ ।


उनको संघर्षपूर्ण समाचार  प्रकाशन भएपछि  शिवम् सिमेन्ट लिमिटेडले उनको माध्यमिक तहसम...

माध्यमिक शिक्षा परीक्षा एसईई भोलिदेखि : सम्पूर्ण तयारी पूरा

काठमाडौँ । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरु हुँदैछ ।  परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ । 


कार्यालयका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्या...

मंगलबार पनि काठमाडौं निर्धारित डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

१९ फागुन, काठमाडौं । मध्यपूर्वी देशहरूमा चर्किएको युद्ध र हवाई क्षेत्र प्रतिबन्धका कारण नेपालको हवाई क्षेत्रसमेत निरन्तर प्रभावित बनिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार समेत पूर्वनिर्धारित कुल १६ अन्तर्राष्...