Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

पिमलडाँडा माविका शिक्षक-विद्यार्थीलाई दुई दिने सेल्फ डिफेन्स तालिम

Main News Image
Kakani Khabar add

नुवाकोेट । तारकेश्वर गाउँपालिकाको प्रवर्धनमा नेपाल स्पोर्ट्स सेन्टर (नेकोस) ले वडा नम्बर ३ को पिमलडाँडा माविमा सञ्चालन गरेको दुई दिने सेल्फ डिफेन्स तालिम आज सम्पन्न भयो ।

तालिमको समापन सत्रलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले जुनसुकै व्यक्तिका लागि आवश्यक पर्दा आफ्नो रक्षा आफैं गर्न सक्ने सीप र कला आवश्यक रहेको उल्लेख गर्दै विशेषगरी किशोर किशोरीहरूका लागि यस्ता आत्मरक्षाको कार्यक्रमको विशेष महत्व रहने बताउनुभयो ।

यो एक सुरुवात मात्रै भएको बताउँदै उहाँले यस्ता तालिमका कार्यक्रमहरू क्रमशः सबै विद्यालयमा सञ्चालन गरिने बताउनुभयो ।

कार्यक्रममा नेकोसकी मुख्य प्रशिक्षक राधिका हमालसँगै सहायक प्रशिक्षकका रूपमा तारकेश्वर गाउँपालिकाकै स्थानीय समाजसेवी, राजनीतिकर्मी एवं महिला सशक्तीकरण अभियन्ता सरु अधिकारी ढुङ्गाना र नेकोसकी सहायक प्रशिक्षक मनिषा राणाभाटले विद्यालयका शिक्षक शिक्षिका र कक्षा ९ र १० का छात्र-छात्रालाई आत्मरक्षाको प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा ४० जना छात्रछात्रा र शिक्षकहरू सहभागी हुनुहुन्थ्यो ।

अध्यक्ष अधिकारीले यो अत्यन्तै उपयोगी तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक संस्था नेकोस र तालिममा सहभागी प्रशिक्षकहरूप्रति आभार प्रकट गर्नुभयो ।

 

Kakani Khabar add

सम्बन्धित खबर

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गएको आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । 


नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार एक वर्षमा १२ लाख ९ हजार ३५७ जना विदेशी पर्यटक हवाइ मार्गबाट नेपाल भित्रिएका हुन् । यो संख्या...

राहदानी विभागद्वारा ‘डाटा माइग्रेसन’ सम्पन्न

काठमाडौँ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो ‘डाटा माइग्रेसन’ कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।

विभागले एक सूचना जारी गर्दै असार २९ गते देखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा...

वितेको ११ महिनामा ७ लाख भन्दा धेरै पर्यटक मुस्ताङ पुगे

काठमाडौँ ।  वितेको ११ महिनामा ७ लाखभन्दा धेरै पर्यटक बेनी–जोमसोम सडक भएर मुस्ताङ पुगेका छन् । म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सीमा प्रहरीचौकीको तथ्याङ्कअनुसार गएको साउनदेखि जेठसम्म ७ लाख ५ हजार ७ सय ५४ जना पर्यटक मुस्ताङ प्र...

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

काठमाडौँ । मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ्दै जाने पूर्वानुमान गरेका छन् ।


जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले सोमबार र मङ्गलवारको तुलनामा बुधवार वर्षामा केही कमी आए पनि बिह...

रसुवागढीको मितेरी पुलबाट गाडी चल्न थाले

काठमाडौँ । चिनियाँ प्राविधिकले परीक्षण सम्पन्न गरेपछि चार दिनपछि रसुवागढी नाकाको मितेरी पुलबाट गाडी सञ्चालन हुन थालेका छन् ।


नेपालको उत्तरी नाका रसुवागढीमा रहेको मितेरी पुलबाट आवागमन २ दिनका लागि रोकिने भनिएकामा पुल परीक्षण गरी ४...

बागमती प्रदेशमा करिब १३ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौँ । पर्याप्त मात्रामा आकाशे पानी नपरेको र सिँचाइको अभावका कारण यस वर्ष बागमती प्रदेशमा हालसम्म करिब १३ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ ।


प्रदेशको कृषि विकास निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार कूल १ लाख १४ हजार ५२९ दशमलव...