Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

खेलाडीले सहयोग माग्नु हुँदैन, राष्ट्रले जिम्मेवारी लिनुपर्छ

Main News Image
Kakani Khabar add

मदन सिंह भाट

युवा नेता र खेलकुद विश्लेषक

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा देशको गौरव, सावित्रा भण्डारी (साम्बा) अहिले जीवनकै सबैभन्दा कठिन संघर्ष सामना गरिरहेकी छिन्। मैदानमा देशका लागि निरन्तर शतप्रतिशत दिने उनी आज गम्भीर चोटका कारण उपचारको लागि सार्वजनिक सहयोगको अपिल गर्न बाध्य भएकी छिन्।

तर यो केवल व्यक्तिगत पीडा मात्र होइन, यो राष्ट्रको खेल प्रणालीमाथिको गम्भीर प्रश्न हो।

सावित्राको घुँडामा एसीएल ग्राफ्ट र एमसिएलमा गम्भीर चोट लागेको छ र पुनः जटिल शल्यक्रिया आवश्यक छ। यसअघि उनको उपचार उच्चस्तरीय अस्पताल, Aspetar, कतारमा गरिएको थियो, जहाँबाट उनी सफल पुनरागमन गर्दै मैदान फर्किएकी थिइन्। तर यसपटक अवस्था फरक छ।

राष्ट्रिय टोलीको कप्तान, जसले इजरायलदेखि फ्रान्ससम्म देशको प्रतिनिधित्व गरेकी छन्, आज उपचार खर्च जुटाउन आम नागरिकसँग सहयोग माग्नुपर्ने स्थिति किन आयो? के यो जिम्मेवारी खेलाडीको मात्र हो?

नेपाल फुटबल संघ (एन्फा) ले विगतमा उपचार व्यवस्थापन गरेको थियो। तर यसपटक प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिइएको छ। नगद सहयोगको प्रस्ताव भए पनि सम्पूर्ण प्रक्रिया खेलाडी आफैंले गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

राष्ट्रिय झण्डा बोकेर खेल्ने खेलाडीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी कसले लिने?

Kakani Khabar add

सम्बन्धित खबर

काठमाडौं ५ मा जित दोहोर्‍याउने पौडेलको विश्वास

पृष्ठभूमि

२०३२ साल चैत १ गते तनहुँ जिल्लामा जन्मेका प्रदीप पौडेल काठमाडौंको बानियाँटारमा बसोबास छ । सिद्धार्थ वनस्थलीबाट एसएलसी गरेका उनले अमृत साइन्स क्याम्पसबाट स्नातक र त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर गरेका छन् । नेपाली कांग्रेसको अन...