Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

काठमाडौं ५ मा जित दोहोर्‍याउने पौडेलको विश्वास

Main News Image
Kakani Khabar add

पृष्ठभूमि

२०३२ साल चैत १ गते तनहुँ जिल्लामा जन्मेका प्रदीप पौडेल काठमाडौंको बानियाँटारमा बसोबास छ । सिद्धार्थ वनस्थलीबाट एसएलसी गरेका उनले अमृत साइन्स क्याम्पसबाट स्नातक र त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर गरेका छन् । नेपाली कांग्रेसको अन्य धेरै नेताजस्तै उनी पनि विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका हुन् । 

राजनीति यात्रा

पौडेल २०५३ सालमा अस्कल क्याम्पसको स्ववियू सभापति र २०६४ मा नेविसंघको केन्द्रीय अध्यक्ष निर्वाचित भए । २०५९ देखि २०६३ सालसम्म संयुक्त विद्यार्थी आन्दोलनको संयोजक रहेका उनले राजद्रोहको मुद्दा पनि खेपे ।

२०४६ सालको जनआन्दोलनका क्रममा सिद्धार्थ वनस्थली इन्स्टिच्यूट हुँदै उपत्यकाका स्कुले विद्यार्थीको नेतृत्व गरेका उनले २०५९–०६२ को संयुक्त विद्यार्थी आन्दोलनमा संयोजकको भूमिका निर्वाह गर्दै राजद्रोहको मुद्दासमेत खेपे। २०७२ सालको संविधान निर्माणमा भएको ढिलासुस्तीविरुद्ध ‘मेची–काली अभियान’को नेतृत्व गर्दै संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न दबाब सिर्जना गरेका थिए ।

आन्दोलन, विचार, संगठन र सामाजिक उत्तरदायित्वलाई सँगै लिएर अघि बढ्ने राजनीतिक व्यक्तित्वका रूपमा पौडेल चिनिन्छन् । 

२०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष बनेपछि उनी राष्ट्रिय राजनीतिमा स्पष्ट पहिचान बनाउन सफल भए । नेपाली कांग्रेसको १२औँ, १३औँ र १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यका रूपमा तीन कार्यकाल काम गरेका पौडेल १४औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशीसमेत बने । २०७९ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि संसदीय भूमिकामा उनी सक्रिय देखिए । 

Kakani Khabar add

सम्बन्धित खबर

खेलाडीले सहयोग माग्नु हुँदैन, राष्ट्रले जिम्मेवारी लिनुपर्छ

मदन सिंह भाट

युवा नेता र खेलकुद विश्लेषक

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा देशको गौरव, सावित्रा भण्डारी (साम्बा) अहिले जीवनकै सबैभन्दा कठिन संघर्ष सामना गरिरहेकी छिन्। मैदानमा देशका लागि निरन्तर शतप्रतिशत दिने उनी आज गम्भ...