Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा.तिमिल्सिना

Main News Image
Kakani Khabar add

नुवाकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिएका सूचना हल्ला हुन वा आधिकारिक हुन भनेर चिन्न आवश्यक रहेको बताउनुभएको छ ।


पछिल्लो समय सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने तयारी गरिरहेको भनी फैलिएको विषय पूर्ण रूपमा भ्रामक र कपोलकल्पित रहेको उहाँले स्पष्ट पार्नुभयो ।


यहाँको लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा स्थानीयसँगको भेटघाटका क्रममा मन्त्री डा तिमिल्सिनाले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिएको उक्त सूचना सत्य नभएको जनाउँदै यस्ता भ्रमपूर्ण सामग्रीले सरकारप्रति अनावश्यक अविश्वास सिर्जना गर्ने प्रयास भएको उल्लेख गर्नुभयो । उहाँले यस्तो सूचना गलत नियतका साथ फैलाइएको हुनसक्ने आशंकासमेत व्यक्त गर्नुभयो ।


मन्त्री डा तिमिल्सिनाले नागरिकलाई कुनै पनि सूचना साझा गर्नु अघि त्यसको सत्यता र स्रोतको विश्वसनीयता जाँच गर्न आग्रह गर्नुभयो । “पुष्टि नभएका सूचना विश्वास गर्नु र फैलाउनुपूर्व त्यसको आधिकारिकता खोज्नु हामी हरेक सचेत नागरिकको जिम्मेवारी पनि हो ।” उहाँले भन्नुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले वर्तमान सरकार नागरिकको करबाट सङ्कलित स्रोतसाधनको सदुपयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै जनताको पैसाको कहीँकतै दुरुपयोग भएको देखिएमा नागरिकले खबरदारी गर्नुपर्नेसमेत बताउनुभयो । “हामीले सत्यमा आधारित प्रश्न गर्न छोड्न हुँदैन । यसले सरकारलाई पनि थप जिम्मेवार बनाउँछ । तर फैलिएका सबै सूचना सही हुन वा होइनन् भनेर चनाखो हुनुपर्छ”, उहाँले भन्नुभयो ।


सरकारको प्राथमिकता नागरिकको जीवनस्तर सुधार र देशको समग्र विकासमा केन्द्रित रहेको उहाँको भनाइ थियो । यसै सन्दर्भमा उहाँले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार शून्य सहनशीलताको नीतिमा अघि बढिरहेको र कुनै पनि प्रकारको अनियमितता वा पदको दुरुपयोग सहन नहुने स्पष्ट गर्नुभयो । प्रश्न उठ्ने बित्तिकै सरकारले छानबिन र आवश्यक कारबाही अघि बढाउने नीति अवलम्बन गरिएको उहाँले स्पष्ट पार्नुभयो ।


मन्त्री डा तिमिल्सिनाले लोकतान्त्रिक व्यवस्थामा जनताको अपेक्षा र आवाजलाई केन्द्रमा राखेर काम गर्न सरकार प्रतिबद्ध रहेकोसमेत उल्लेख गर्नुभयो ।  नागरिकलाई सहज सेवाप्रवाह, सुशासन र पूर्वाधार विकासका काममा विगतका वर्षहरूमा अपेक्षित रूपमा काम हुन नसकेको अवस्थामा अब परिणाममुखी ढङ्गले काम गर्ने समय आएको उहाँले बताउनुभयो । “बोलेर होइन, काम गरेर देखाउने हाम्रो लक्ष्य हो । हामी अभिव्यक्तिभन्दा प्रमाण र परिणाममा विश्वास गर्छौं”, उहाँले भन्नुभयो ।


उहाँले विकास प्रक्रिया क्रमिक हुने भएकाले तत्काल चमत्कारको अपेक्षा नगर्न आग्रह गर्दै दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो । सरकारले गाउँगाउँमा पुगेर नागरिकको प्रत्यक्ष आवाज सुन्ने र सोही आधारमा नीति तथा कार्यक्रम निर्माण गर्ने कार्यलाई प्राथमिकता दिएको उहाँको भनाइ थियो ।


कार्यक्रममा मन्त्री डा तिमिल्सिनाले जिल्लाको समग्र विकास र स्थानीय जनताको आकांक्षाबारे आफू जानकार रहेको उल्लेख गर्दै आगामी दिनमा ती आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


साथै, नागरिकलाई सकारात्मक सुझाव र सहकार्यका लागि आह्वान गर्दै विगत २० वर्षमा पूरा हुन नसकेका विकासका काम आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउनुभयो ।

Kakani Khabar add

सम्बन्धित खबर

राहदानी विभागद्वारा ‘डाटा माइग्रेसन’ सम्पन्न

काठमाडौँ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो ‘डाटा माइग्रेसन’ कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।

विभागले एक सूचना जारी गर्दै असार २९ गते देखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा...

मनसुनजन्य विपद‍्बारे राष्ट्रियसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौँ । मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रियसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।


नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले सं...

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र

काठमाडौँ । आधारभूत स्वास्थ्य सेवाअन्तर्गत पालिका मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ ।


मन्त्रालय...

विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स

विदुर, जेठ २५ : नुवाकोटको विदुर नगरपालिकाको सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका आर्थिक रूपमा विपन्न तथा मेधावी विद्यार्थीहरूले निशुल्क ‘डिप्लोमा इन कम्प्युटिङ एन्ड आईटी’ अध्ययन गर्ने अवसर प्राप्त गरेका छन् । विदुर निवासी युव...

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझी र खाणसहित १५ जना दोषी ठहर

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १५ जना दोषी ठहर भएका छन् । 


मुद्दा दायर भएको तीन वर्षपछि जिल्ला अदालत का...

भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ ।


मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएक...