Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै

Main News Image
Kakani Khabar add

काठमाडौँ । हात हातमा मोबाइल र इन्टरनेटको पहुँचले परम्परागत हुलाकको अस्तित्वमा प्रश्न उठिरहेको समयमा हुलाकलाई स्मार्ट बनाउने सरकारको योजना प्रभावकारी बन्दै गएको छ ।


डिजिटल प्रविधिको विस्तारसँगै हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र बहुउद्देश्यीय सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार सरकारले स्मार्ट हुलाक कार्यक्रमलाई तीव्रता दिएको हो । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी सय दिने कार्ययोजनामा अनुसार राहदानी, नागरिकताको प्रतिलिपि, गाडी चालक अनुमतिपत्र लगायत सरकारी कागजात नागरिकको घरमै पुर्‍याउने व्यवस्था गर्ने उल्लेख गरिएको थियो ।


हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार पहिलो चरणमा देशभरका ५०  वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने तयारी भइरहेको छ । यसअन्तर्गत कार्यालयहरूमा आधुनिक पूर्वाधार, डिजिटल सुरक्षा प्रणाली, अनलाइन ट्र्याकिङ, विद्युतीय भुक्तानी सुविधा, इन्टरनेट सेवा तथा सूचना प्रविधिमा आधारित सेवा विस्तार गरिनेछ । विभागले स्मार्ट हुलाक सञ्चालनमा आएपछि सरकारी सेवामा नागरिकको पहुँच अझ सहज हुने, विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा डिजिटल सेवाको पहुँच विस्तार हुने अपेक्षा लिएको छ ।


हुलाकलाई अब केवल चिठीपत्र आदानप्रदान गर्ने संस्थाका रूपमा नभई आधुनिक सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने सरकारको दीर्घकालीन लक्ष्य रहेको विभागको भनाइ छ । सरकारको पहलपछि हुलाकमार्फत राहदानी, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र तथा स्वास्थ्य परीक्षण प्रतिवेदन घरमै पुर्‍याउने सेवा शुरु गरिएको विभागले जनाएको छ ।


सरकारले स्मार्ट हुलाक कार्यक्रमलाई चरणबद्ध रूपमा देशभर विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक नीति, पूर्वाधार तथा प्रविधि विकासको काम अघि बढिरहेको विभागले जनाएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

त्रिशूली–३ ‘ए’ सुरुङबाट एउटा शव निकालियो

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट एउटा शव निकालिएको उद्धारकर्मीले बताएका छन् । उद्धार टोलीले सुरुङबाट निकालेको शवकाे पहिचान हुन बाँकी रहेको छ ।


यसअघि यो आयोजनाको सुरुङबाट आज बिहान नेपाली सेना, सशस्त्र...

खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले भाउ बढाएको हो । 


पेट्रोलमा प्रतिल...

आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ । आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो वर्षा र हावाहुरीको सम्भावना रहेकाले सचेत रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा ठ...

आज धान दिवससहित दही चिउरा खाएर असार १५ मनाइँदै

काठमाडौँ । हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ ।


गर्मी र खेतीपातीको कामको बेला दही चिउराले शरीरमा शीतलता भई शक...

एमालेले ओली पक्राउ परेको विषय संसदमा उठाउने

काठमाडौँ । नेकपा एमालेले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको विषयलाई प्रतिनिधिसभा बैठकमा उठाउने भएको छ ।


एमालेको आज बसेको सचिवालय बैठकले ओली पक्राउ परेकाे विषय सङ्घीय संसदमा उठाउने र विरोध जनाउने न...

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो ।


विद्युतीय प्रणालीमार्फत सूचीकृत गरी किसानलाई चार...