Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

Main News Image
Kakani Khabar add

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष २०८२/८३ मा झण्डै चार हजार ५०० व्यावसायिक फर्म अनुगमन गरेको छ । 


विभागले हालै सार्वजनिक गरेको वार्षिक कार्य प्रगति विवरण अनुसार देशभर ९६५ अनुगमन टोली परिचालन गरी कुल चार हजार ४८१ व्यावसायिक फर्म अनुगमन गरिएको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ तथा नियमावली २०७६ बमोजिम गरेको बजार अनुगमन क्रममा ५३७ व्यावसायिक फर्मलाई कारवाहीसहित जरिवाना तिराएको हो । बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायीबाट दुई करोड ६१ लाख २३ हजार ३०० रुपैयाँ जरिवाना असुल गरेको विभागको तथ्याङ्क छ । 


अनुगमन गरिएका मध्ये सबैभन्दा धेरै अर्थात् तीन हजार ४६२ फर्मलाई सचेत गराउँदै आवश्यक निर्देशन दिइएको छ । त्यसै गरी ३६२ फर्मसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको छ । विभागको तथ्याङ्क अनुसार अनुगमन गरिएकामध्ये ११५ फर्ममात्र सम्पूर्ण रूपमा सामान्य अवस्थाको पाइएको थियो । 


अनुगमन क्रममा कैफियत भेटिएका ४ फर्मका अयोग्य वस्तु नष्ट गरिएको छ भने एउटा फर्मको सामान फिर्ता पठाइएको विभागले जनाएको छ । विभागले उपभोक्ताबाट प्राप्त गुनासो व्यवस्थापनको अवस्था समेत सार्वजनिक गरेको छ । 


जसअन्तर्गत विभागको आफ्नै गुनासो प्रणालीमा आएका कुल ९८० गुनासोमध्ये ९२१ वटा फर्छ्योट भइसकेका छन् भने ५८ गुनासो प्रक्रियामा छन् । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको ‘हेलो सरकार’ मार्फत विभागमा प्राप्त ३२० गुनासोमध्ये ४६ वटा समाधान भएका छन् ।

Kakani Khabar add

सम्बन्धित खबर

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि अर्थात् (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार १ सय ९४ जना विद्यार्थी सहभागी भएकोमा ८३ हजार ५ सय २३ जना उत...

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४४ पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ ।


नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो ‘बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’ अनुसार हालसम्म एक हजार ३४४ शव फेला परेका छन...

गणेश नेपालीको उपचारका क्रममा निधन

काठमाडौँ । जलनका बिरामी गणेश नेपालीको उपचारका क्रममा ज्यान गएको छ ।


मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको वीर अस्पतालमा उपचारका क्रममा आज बिहान साढे ११ बजेतिर ज्यान गएकाे जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक पव...

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन हुनेहरुको संख्या पाँच हजार नाघेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् ।

पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ ।


अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ घटाएको हो । निगम सञ्चालक समि...

राहदानी विभागद्वारा ‘डाटा माइग्रेसन’ सम्पन्न

काठमाडौँ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो ‘डाटा माइग्रेसन’ कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।

विभागले एक सूचना जारी गर्दै असार २९ गते देखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा...