Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स

Main News Image
Kakani Khabar add

विदुर, जेठ २५ : नुवाकोटको विदुर नगरपालिकाको सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका आर्थिक रूपमा विपन्न तथा मेधावी विद्यार्थीहरूले निशुल्क ‘डिप्लोमा इन कम्प्युटिङ एन्ड आईटी’ अध्ययन गर्ने अवसर प्राप्त गरेका छन् । विदुर निवासी युवा अभियन्ता एवं नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष सरोज बानियाँको पहलमा दूरशिक्षा एजुकेसन नेटवर्क प्रा.लि.ले उक्त छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न सहमति जनाएपछि विद्यार्थीहरूका लागि यो अवसर सुनिश्चित भएको हो ।

कार्यक्रम कार्यान्वयनका लागि विदुर नगरपालिका, नेपाल युवा परिषद र दूरशिक्षा एजुकेसन नेटवर्कबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, दूरशिक्षा एजुकेसन नेटवर्कका सञ्चालक कृष्ण पाण्डे तथा नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष सरोज बानियाँले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार विदुर नगरपालिकाका १३ वटै वडाबाट एक–एक जना तथा स्थानीय भैरवी माध्यमिक विद्यालयबाट थप दुई जना गरी कुल १५ जना विद्यार्थीलाई ६ महिने कम्प्युटर (करिब ९० हजार खर्च बराबर) डिप्लोमा कोर्षमा पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ । उच्च शिक्षाका लागि काठमाडौं आउने प्रतिभाशाली विद्यार्थीहरूलाई सूचना प्रविधि क्षेत्रमा दक्ष बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

ग्रामीण तथा आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूलाई डिजिटल शिक्षासँग जोड्दै सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको भन्दै छात्रवृत्ति कार्यक्रम आगामी वर्षहरूमा समेत निरन्तर रुपमा सञ्चालन गर्ने आफूहरुको योजना रहेको नेपाल युवा परिषदका अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।

सूचना प्रविधि वर्तमान समयको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै विपन्न तथा मेधावी विद्यार्थीहरूलाई यस क्षेत्रमा अध्ययन गर्ने अवसर उपलब्ध गराउनु महत्वपूर्ण उपलब्धि भएको र यस कार्यक्रमले दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन तथा डिजिटल शिक्षाको पहुँच विस्तारमा सकारात्मक योगदान पुग्ने विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठको भनाई छ ।

परिषदले कार्यक्रमको समग्र समन्वय तथा व्यवस्थापन गर्ने, सम्बन्धित निकायहरूसँग सहकार्य गर्ने तथा विद्यार्थी छनोट प्रक्रियामा सहजीकरण गर्नेछ भने, नगरपालिकाले आफ्नो क्षेत्रभित्रका वास्तविक विपन्न, मेधावी तथा सूचना प्रविधि क्षेत्रमा रुचि भएका विद्यार्थीहरूको पहिचान गरी छनोट तथा सिफारिस गर्ने जिम्मेवारी वहन गर्नेछ ।

दूरशिक्षा एजुकेसन नेटवर्कले भने ६ महिने डिप्लोमा कोर्ष सञ्चालन गर्ने, छनोट भएका विद्यार्थीलाई पूर्ण शुल्क छुट उपलब्ध गराउने, आवश्यक शैक्षिक सामग्री, दक्ष प्रशिक्षक तथा अत्याधुनिक प्रयोगशालाको सुविधा प्रदान गर्ने र कोर्ष सम्पन्न भएपछि प्रमाणपत्र वितरण गर्ने जनाएको छ ।

छात्रवृत्तिका लागि विद्यार्थी आर्थिक रूपमा विपन्न, अध्ययनमा उत्कृष्ट तथा सूचना प्रविधि क्षेत्रमा अध्ययन गर्ने स्पष्ट रुचि र इच्छाशक्ति भएको हुनुपर्ने मापदण्ड तोकिएको छ । यस कार्यक्रमकले ग्रामीण तथा पिछडिएका क्षेत्रका विद्यार्थीहरूलाई आधुनिक प्रविधि शिक्षासँग जोड्दै उनीहरूको शैक्षिक, व्यावसायिक तथा रोजगारीका अवसर विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा नगरपालिकाले गरेको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै हुनुहुन्छ । 


प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले कार्यभार सम्हालेपछि पहिलो पटक हुन लागेको छलफल सङ्घ र प्रदेश सरकारसँग सम्बन्धित विविध मह...

विश्वकप फुटबलमा आज राति फ्रान्स र स्पेन खेल्दै

काठमाडौँ । विश्वकप फुटबलमा आज रातिदेखि सेमिफाइनलका खेल शुरु हुँदैछ । 


फिफा वरियताका शीर्ष चार देश सेमिफाइनलमा पुगेका छन् । आज राति पहिलो सेमिफाइनल खेलमा फ्रान्स र स्पेनले खेल्दैछन् । फ्रान्स र स्पेनबीचको खेल मध्यराति पौने १ ब...

थप ३ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश

काठमाडौँ ।  सरकारले थप ३ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गरेको छ ।


प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले गएराति स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, केही नेपाल कानून संशोधन गर्न बन...

मिटरब्याजसम्बन्धी सबै आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले मिटरब्याजबारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ ।


आज बसेको मन्त्रिपरिषद् बैठकले ‘अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन ग...

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५३८ जना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्ममा ५३८ जनाको शव फेला परेको हो ।


धेरैजसाे शवहरू चितवन, नवलपरासी...

अख्तियारमा १ वर्षमा ३३ हजारभन्दा धेरै उजुरी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्षमा भ्रष्टाचारसम्बन्धि सबैभन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित परेका छन् । आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षामार्फत् अख्तियारले उजुरी, अनुसन्धान, मुद्दा फछ्र्यौटलगायतका तथ्यांक सार्व...