आइतबार, जेष्ठ ६ २०८१

स्वदेशी तथा विदेशी पर्यटकहरुको पोहिलो रोजाइ “सुखद पाउना घर ”


  • ककनी खबर
  • मंगलबार, फाल्गुन १ २०७४

काठमाण्डौदेखि नुवाकोट, रसुवा र चीनको केरुङसम्मको यात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरुको पोहिलो रोजाइ बन्न सक्छ नुवाकोटको सदरमुकाम विदुरमा रहेको “सुखद पाहुना घर ।”

स्वच्छ, पारिवारिक वातावरण तथा अत्याधुनिक सेवा सुविधाले भरिपुर्ण “सुखद पाहुना घर” लाई नेपाली उखान “नामै काफी छ” भनेझै नामले नै चिनाएको छ । नुवाकोटको सदरमुकाम विदुरमा रहेको “सुखद पाहुना घर” संचालन भएको मात्र ३ महिना मात्र हुँदा पनि सबैको रोजाइमा पर्न थालेको छ । करिव ४ रोपनी क्षेत्रफलमा फैलिएको यो पाहुनाघरले किताव पढ्ने पारखीहरुलाई पुस्तकालयको समेत व्यवस्था गरिदिएको छ ।

नुवाकोटको स्थानिय निकायको नामहरुबाट नामाकरण गरिएको सुखद पाहुना घरमा २ वटा सभाहल छन । ठुलो सभाहलमा २ सय जना अट्न सक्ने क्षमता रहेको छ भने सानोमा २५ जनासम्मको क्षमता रहेको छ । इन्टरलक ईटाद्घारा निर्माण गरिएको र भुकम्प प्रतिरोधात्मक भवन निर्माणले गर्दा पनि यसको नाम बढेको छ । पाहुना घरमा रहेको सबै भवनहरु अपाङ्गमैत्रि, वालमैत्रि र महिलामैत्रि समेत रहेका छन ।
कसरी आयो त यस पाहुना घरको निर्माण गर्ने योजना रु भन्ने प्रश्न सोध्दा सुखद पाहुना घरका सञ्चालक धुव्रकुमार रावलले “नुवाकोट देशको राजधानी काठमाण्डौ र चीनको केरुङ जोड्ने केन्द्रबिन्दु रहेकोले पाहुना घर संचालन गरेको बताउनुहुन्छ । साथै रावलले “नुवाकोटमा त्यति राम्रो सुविधा सम्पन्न होटल नरहेकोले आन्तरिक र बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै र नुवाकोट जिल्ला भुकम्पीय दृष्टिले अत्यन्तै संवेदनशील रहेकोले नै पाहुना घर भुकम्प प्रतिरोधात्मक भवन निर्माण गरेको बताउँछन”।

करिव १ वर्ष लगाएर निर्माण गरिएको पाहुना घरले करिव १३ जनालाई समेत रोजगारी दिएको छ । करिब २ करोडको लागतमा निर्माण गरिएको उत्त पाहुना घरमा यथेष्ट पार्किङको समेत स्ुविधा रहेको छ भने होटेललाई चाहिने केही तरकारी समेत आफै उत्पादन गरिरहेको देख्न सकिन्छ । खाली जग्गामा आर्गनिक तरकारीहरु खेतिहरु काउली, ब्रोकाउली गोलभेँडा, धनिया र हरियो लस्ुन फलेको देख्दा मनै समेत प्रफुलित पार्ने गरेको छ ।

“यस पाहुना घरमा सुत्दा आफ्नै घरमा सुतेझै लाग्छ । यहाँ पूर्ण शान्त र पारिवारिक वातावरणको अनुभव हुने ग्रामिण स्वावलम्बन केन्द्र नुवाकोटका ओभरसियर सन्तोष कोइराला बताउँछन । कोइराला भन्छन् अन्य होटलमा बसे भन्दा यहाँ छुट्टै आनन्द प्राप्त हुन्छ ।

कोइरालाले भनेझैँ होटलका प्रत्येक कोठा र सभाहलमा नुवाकोटको ऐतिहासिक र पुरातात्विक वस्तुहरुको जीवन्त चित्रणले निकै आनन्द समेत दिने गर्दछ । जसले गर्दा जो कोहि नयाँ पाहुना आएपनि यस पाहुना घरको वनावट र विभिन्न शैलीका कारण मोहित बन्ने गरेका छन ।

कोठाहरुमा जडान गरिएका उच्च गतिका इन्टरनेट सेवा र एसीहरुले समेत होटललाई अझै सौन्दर्य थप्न मदत गरेको छ । सुखद पाहुना घरले आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि सेवासुविधा समेत समयसापेक्ष बनाएर न्यानो सत्कार गरेको छ । आर्थिक रुपले समेत सबैको पहँुचमा रहेको सुखद पाहुना घर सबैको रोजाई बन्दै गएको छ । तपाई पनि एकपटक सुखद पाहुना घरमा पाल्नुस र पुर्ण पारिवारिक वातावरणमा रमाउनुहोस ।

www.sukhadpahunaghar.com
https://www.facebook.com/sukhadpahunaghar/

प्रतिक्रिया
सम्बन्धित समाचार