आइतबार, जेष्ठ ६ २०८१

नागरिकमुखी सेवा प्रवाहमा जोड दिन्छु: एसपी कार्की ।


  • ककनी खबर
  • बिहिबार, भाद्र ११ २०७७

जिल्ला प्रहरी कार्यालय नुवाकोटमा भर्खरै सरुवा भएर आउनुभएका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले नागरिकमुखी सेवा प्रवाहमा जोड दिने बताउनुभएको छ । ककनी खबर डटकम सग कुरा गर्दै एसपी कार्कीले भन्नुभयो सूचना प्राप्त भएको आधारमा काम गर्ने हो ’ घरेलुु मदिरा, यौन व्यवसाय, जुवातास, चोरी, लुटपाट, कालोबजारी नियन्त्रण, संगठित अपराध तथा गुण्डागर्दी, प्राकृतिक श्रोतको दोहन गर्ने, लागू औषध दुर्व्यसनी तथा ओसार पसार कारोवार गर्ने जो कोहीलाई पनि नछाड्ने चेतावनी समेत दिनुभयो ।मानव अधिकारको संरक्षण सम्बर्द्धन, सामाजिक, धार्मिक बिबिधताको सुन्दर पक्षलाई जोगाउँदै भाइचाराको सम्बन्ध कायम राख्नेदेखि कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रणमा प्रभावकारी व्यवस्थापन गरिने उनले बताउनुभयो । प्रहरीको ‘प्रहरी मेरो साथी’ र ‘मुस्कानसहितको प्रहरी सेवा’ भन्ने नारालाई आत्मसात गरिने र प्रहरी संगठन भित्रका केही लोभीपापीहरुको कारणले बेला बेलामा बदनाम हुने क्रियाकलापलाई पनि रोक्न लागि पर्ने उहाले बताउनुभयो । एसपी कार्कीले अपराधजन्य घटनामा बिचौलीहरुको सामेल रहेकोले काम गर्न कठिनाइ भएको हुनसक्छ र अबका दिनमा बिचौलीहरुको अस्तित्व समाप्त हुने समेत प्रतिवद्धाता समेत जाहेर गर्नुभएको छ ।नुवाकोट प्रहरी प्रमुख कार्कीले जनसेवक, मिडिया र सूचनामैत्री भएर काम गर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार