Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

आठौँ अन्तरविद्यालय खुला लोकनृत्य प्रतियोगितामा अर्किड एकेडेमी उत्कृष्ट

Main News Image
Kakani Khabar add

बट्टार । नुवाकोटबाट प्रकाशित सुन्दरादेवी सन्देश साप्ताहिकको मुख्य आायेजना र शुभेनियर बोर्डिङ स्कुलको सह–आयोजनामा शनिबार नुवाकोटको बट्टारमा सम्पन्न आठौँ अन्तरविद्यालय खुला लोकनृत्य प्रतियोगितामा समूहगत नृत्य प्रतियोगितामा अर्किड एकेडेमी बट्टार र एकलतर्फ ओममाने पब्लिक स्कुल प्रथम भएको छ ।

उत्कृष्ट नृत्य प्रस्तुत गर्दै विदुर नगरपालिका–४ बट्टारमा सञ्चालित अर्किड एकेडेमीका विद्यार्थीहरु उत्कृष्ट भएको सुन्दरादेवी सन्देश साप्ताहिक किरणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसार समूहगत नृत्यमा उत्कृष्ट भएको अर्किड एकेडेमीले प्रशंसापत्र सहित नगद रु १५ हजार प्राप्त गरेको छ ।

यस्तै, दोश्रो भएको त्रिशूली सामुदायिक बोर्डिङ स्कुलले नगद रु १० हजार, तेश्रो भएको दिव्यरत्न बोर्डिङ स्कुलले नगद रु ५ हजार र र सान्त्वना स्थान हासिल गरेको इपिक किड्सले नगद दुई हजार पाचसय रुपैयाँ सहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

यस्तै, एकल नृत्य प्रतियोगितामा ओममाने पब्लिक स्कुलका पूर्णिका लामिछाने प्रथम, ज्योतीकुञ्ज एकेडेमी रियाना डंगोल दोश्रो, गुडविल एकेडेमीका सोफिया सुनार तेश्रो र सान्त्वना स्थान ज्योतीकुञ्ज एकेडेमीका शुभेच्छा धिताल हुनुभयो । प्रतियोगितामा प्रथम, द्धित्तिय, तृत्तिय र सान्त्वना स्थान हासिल गर्नेलाई क्रमशः ११ हजार १११, ६ हजार ६६६, ३ हजार ३३३, एक हजार पाचसय नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा एसइई परीक्षामा नुवाकोटबाट सहभागी भएर चार जिपिए ल्याएका ११ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

यस्तै, विभिन्न पेशामा आबद्ध भएर समाजमा शिक्षा, सञ्चार, स्वास्थ्य, व्यावसाय लगायतका क्षेत्रमा योगदान पुराएबापत बरिष्ठ पत्रकार शरणउत्सुक सापकोटा, नुवाकोट उद्योग बाणिज्य संघका केन्द्रीय सदस्यहरु ताराबहादुर कार्की र गिता अमात्य, पत्रकार तथा कलाकार सन्तोषी केसी सहित उज्वलजंग ठकुरी, रामचन्द्र कोइराला, सन्तोष अधिकारी, पवित्रा आचार्य, रमेश पाठक, गिता अधिकारी, स्वस्तिका पन्थी, दिनेश श्रेष्ठ, हरि अधिकारी, तेजबहादुर प्याकुरेल लगायतलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रमका विशिष्ठ अतिथी बरिष्ठ संगिताकार राजु सिंहले सञ्चारमाध्यम र विद्यालयबीचको समन्वयमा जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गर्नु चुनौती पूर्ण कार्यको सफल रुपमा सम्पन्न हुन गितसंगित क्षेत्रका लागी गर्व गर्न लायक कार्य भएको बताउनुभयो ।

Kakani Khabar add

सम्बन्धित खबर

रोल्पाको थवाङमा जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाडौँ । रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।


रुकुम पूर्वबाट जलजलामा मेला भर्न गएका यात्रुहरू चढेको लु१ज ४१६७ नम्बरको जीप रोल्पाको थवाङ गाउँपालिका–१ को जलजला जाने बाटोमा दुर्घटना हुँदा १७ जन...

वर्षायाममा बिजुली खपत बढाउन सहुलियत दिने सरकारको तयारी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै खपत गराउन विशेष सहुलियतको तयारी भइरहेको बताउनुभएको छ ।


विराटनगरमा मोरङका उद्योगी तथा व्यवसायीसँगको छलफलमा मन्त्री श...

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४४ पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ ।


नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो ‘बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’ अनुसार हालसम्म एक हजार ३४४ शव फेला परेका छन...

बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित भएका दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । 


प्रदेश प्रमुख देवकोटाले ‘प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यव...

आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ । रुवान्डामा हुने आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिताका लागि प्रारम्भिक चरणमा आज २९ सदस्यीय खेलाडी घोषणा गरेको हो ।


छनोट हुने खेलाडीहरूमा वि...

विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स

विदुर, जेठ २५ : नुवाकोटको विदुर नगरपालिकाको सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका आर्थिक रूपमा विपन्न तथा मेधावी विद्यार्थीहरूले निशुल्क ‘डिप्लोमा इन कम्प्युटिङ एन्ड आईटी’ अध्ययन गर्ने अवसर प्राप्त गरेका छन् । विदुर निवासी युव...