Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

तारकेश्वरमा संघ सरकारको निर्णय प्रभावकारी भएन, बिदा र कार्यालय समय पहिलाकै कायम

Main News Image
Kakani Khabar add

नुवाकोट, वैशाख २१ । तारकेश्वर गाउँपालिकाले आइतबारको सार्वजनिक बिदा तथा बिहान ९ बजेदेखिको कार्यालय समय प्रभावकारी नभएको निष्कर्ष निकाल्दै गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरू पूर्ववत् रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।


गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)को प्रस्तावमा बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले पर्सि मंगलबारदेखि लागू हुने गरी साताको ६ दिन कार्यालय सञ्चालन गर्ने तथा कार्यालय समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो ।


दुई साताको अभ्यास, सेवाग्राहीको सुझाव तथा कर्मचारीहरूको अनुभवका आधारमा गाउँपालिकाले तीन बुँदे निष्कर्ष निकालेको जनाएको छ । जसअनुसार बिहान ९ बजेदेखि १० बजेसम्मको समय ग्रामीण भेगका सेवाग्राहीका लागि अनुकूल नभएको, टाढा घर भएका कर्मचारीलाई दुई दिने बिदा र बिहानको समय असहज भएको तथा दुई दिने बिदाले इन्धन खपत घटाउनुको सट्टा बढाएको निष्कर्ष निकालिएको हो ।


गाउँपालिकाका अनुसार ग्रामीण क्षेत्रका सेवाग्राही बिहानको घरायसी काम सकेर कार्यालय पुग्नुपर्ने भएकाले १० बजेअघि सेवा लिन कठिन भएको देखिएको थियो । साथै, बिहान ९ बजेदेखि १० बजेसम्म कार्यालयमा सेवाग्राहीको उपस्थिति न्यून रहेको अनुभव गरिएको जनाएको छ ।


त्यस्तै, बाहिरी जिल्लाबाट आएका कर्मचारीहरूलाई दुई दिने बिदाले खासै सहुलियत नदिएको तथा बिहान ९ बजे कार्यालय पुग्नुपर्ने व्यवस्थाले दैनिक जीवन व्यवस्थापनमा समस्या भएको गुनासो आएको गाउँपालिकाले जनाएको छ ।


इन्धन खपत न्यूनीकरणका लागि लागू गरिएको दुई दिने बिदाले अपेक्षित परिणाम नदिएको गाउँपालिकाको निष्कर्ष छ । बिदाका दिन कर्मचारी तथा जनप्रतिनिधिहरू गाउँ बाहिर आवतजावत गर्दा इन्धन खपत झन् बढेको उल्लेख गरिएको छ ।


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ अनुसार स्थानीय आवश्यकता, जनभावना तथा सेवा प्रवाहलाई मध्यनजर गर्दै निर्णय गरिएको अध्यक्ष अधिकारीले बताउनुभएको छ । उहाँले मंगलबारदेखि सोहीअनुसार सेवा सञ्चालन गर्न मातहतका सबै कार्यालय तथा निकायलाई निर्देशन समेत दिनुभएको छ ।


शिक्षा तथा स्वास्थ्य क्षेत्र भने यसअघि नै साताको ६ दिन सञ्चालन हुँदै आएका छन् ।

Kakani Khabar add

सम्बन्धित खबर

‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम सम्पन्न, विद्यार्थीका समस्या र सुझाव संकलन

नुवाकोट । विदुर नगरपालिका वडा नं ५, देवीघाटमा ‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

विदुर नगरपालिका वडा नं ३, ५ तथा वडा नं १२ को बिरेन्द्र माध्यमिक विद्यालयका प्रतिनिधि विद्यार्थीहरूको सहभागितामा सम्पन्न कार्यक्रम...

राहदानी सेवा असार २४ देखि केही दिन बन्द हुने

काठमाडौँ । राहदानी सेवा असार २४ गते देखि केही दिन बन्द हुने भएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले अहिलेको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको जनाएको छ ।


विभागले सूचना निकालेर हालको प्रणालीबाट नय...

गणेश नेपालीको उपचारका क्रममा निधन

काठमाडौँ । जलनका बिरामी गणेश नेपालीको उपचारका क्रममा ज्यान गएको छ ।


मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको वीर अस्पतालमा उपचारका क्रममा आज बिहान साढे ११ बजेतिर ज्यान गएकाे जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक पव...

तारकेश्वरमा जनप्रतिनिधि र कर्मचारीले बालबच्चा सामुदायिक विद्यालयमै पढाउनुपर्ने

नुवाकोट । तारकेश्वर गाउँपालिकाले सरकारी सेवा एंव सुविधा लिनेले आफ्नो सन्तानलाई अनिर्वाय रुपमा सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने भएको छ ।

आज बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकमा गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले गर्नु भएको प्रस्ता...

३४ जिल्लामा बाढीको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाडौँ । आज काठमाण्डौ, ललितपुर र भक्तपुर सहित विभिन्न ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढीको ज...

बागमती प्रदेशमा करिब १३ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौँ । पर्याप्त मात्रामा आकाशे पानी नपरेको र सिँचाइको अभावका कारण यस वर्ष बागमती प्रदेशमा हालसम्म करिब १३ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ ।


प्रदेशको कृषि विकास निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार कूल १ लाख १४ हजार ५२९ दशमलव...